वाईसीएल बाफिँकोट सम्मेलन भोली

प्रचण्ड खत्री
रुकुम पश्चिम, ११ चैत्र ।
वाईसीएल नेपाल बाँफिकोट गाउँपालिकाको दोस्रो गाउँपालिका सम्मेलन चैत्र १२ गत्ते हुँदैछ । गाउँपालिकाको छिनखेतमा सम्मेलन हुने आयोजकले जनाएको छ ।

वाईसीएल नेपाल बाँफिकोट गाउँपालिका इन्चार्ज शौरब केसीका अनुसार १२ गत्ते बिहान साढे ११ बजे कार्यक्रम उद्घाटन हुने बताइएको छ ।

१२ सय युवाको सहभागितामा कार्यक्रम उद्घाटन हुने ईन्चार्ज केसीले बताए । उहाँका अनुसार पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बसन्त शर्माले सम्मेलनको उद्घाटन गर्नुहुनेछ ।

त्यस्तै केन्द्रिय सदस्य महेन्द्र केसी, वाईसीएलका केन्द्रिय सदस्य लक्ष्मण ओली, जिल्ला संयोजक जनक बिक लगायतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

सम्बृद्ध गाउँपालिका निर्माण, उत्पादन, रोजगार आत्मनिर्भरका लागि दोस्रो गाउँपालिका सम्मेलन भन्ने मूल नाराका साथ सम्मेलन हुने इन्चार्ज केसीको भनाई छ । स्थानीय चुनाबलाई केन्द्रित गर्दै बाईसीएलको भेला आयोजना गरिएको हो ।

वाईसीएल बाफिँकोट सम्मेलन भोली

सुर्खेतमा स्थानीय तहको चुनावी चहलपहल, गाउँ पसे

वाईसीएल बाफिँकोट सम्मेलन भोली

नेपालगञ्ज जाँदै गरेको बसमा आगजनी

Leave a comment

Your email address will not be published. Required fields are marked *