शुक्रबार सुन–चाँदीको भाउ घट्यो

काठमाडौं, १० असार ।
शुक्रबार सुन–चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। बिहीबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंसत १८ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोत : सेतोपाटी






