सरकारमा पनि फेल, पार्टीमा पनि फेल, प्रतिपक्षमा पनि फेललाई अब किन भोट : नेता शाह

दुर्गा विसि
सल्लीबजार, १० चैत्र ।
नेपाल कांग्रेस बनगाड कुपिण्डे नगरपालिकाद्वारा आयोजित सभालाई केन्द्रीय सदस्य राजिव बिक्रम शाहले सम्वोधन गरेका छन् । घरघर जाउँ कांग्रेस जिताऔ अभियानलाई सफल पार्न नेपाली कांग्रेसका नेताहरुले पश्चिम सल्यान सल्लीवजारमा विशेष सम्वोधन गरेका थिए ।

संवोधनमा क्रममै नेताहरुले कम्युनिस्टहरुको कार्यशैली प्रति चर्को विरोध गरेका थिए । नेताहरुले सरकारमा पनि फेल,पार्टीमा पनि फेल, प्रतिपक्षमा पनि फेल अब भने भोट नेकपा एमालेलाई केका लागि दिने जस्ता एमाले लक्षित व्याङ्गयात्मक समेत बोल्न भ्याए ।

कम्युनिस्टहरुले देश बनाउने भन्दा बिगार्नेमा उद्दत रहेको जनाए । कम्युनिस्टहरुले एमसिसिका विषयमा देखाएको नौटंकी हाँस्यास्पद छ । यो परियोजना राष्ट्र र देशका निम्ति लाभदायक छ । यस्ता परियोजना विना यो देश विकासउन्मुख गतिमा अघि बढ्न नसक्ने भनाई थियो ।

सत्तासीन अवस्थामा कम्युनिस्टले गरेको ज्यादती, भ्रष्टाचार, तानाशाही प्रवृत्ति यसको भण्डारफोर हुनु जरुरी रहेको बताएका छन् । कम्युनिस्ट सरकारले देशलाई भड्खालोमा हालेको बताए ।

बनगाड कुपिण्डे नगरपालिकामा कम्युनिस्टको विकास हेरेपछि उनीहरुको विकासको चरित्र उजागर हुन्छ । बनगाड कुपिण्डेमा ५ वर्षमा आसेपासेलाई करार जागिरेमा भर्ति केन्द्र, उपभोक्ता समिति, व्याप्त भ्रष्टाचार, माफिया, दालाली, कमिसन र भएको घना जंगल जथाभावी सडक खनेर फडानी बाहेक अरु उदेक लाग्दो काम केही नभएको कांग्रेस नेताहरुको ठोकुवा रहेको थियोे ।

यतिखेर कम्युनिस्टहरुका कारण देश नांगो टाट् परेको छ । तत्कालीन नेकपा सरकारले ४ वर्षमम अर्थतन्त्र धोस्त पार्ने काम गरेको छ । सभालाई नेपाली कांग्रेसका राजेन्द्र वहादुर शाह, डिल्लीराज रेग्मी, ध्रुवराज पुरी, एकराज डाँगी, प्रेमवहादुर डाँगी, निमवहादुर वली, चक्र देवकोटा, सन्तोष केसी, एकराज वुढाथोकी, प्रकाश भण्डारी र सुरेश अधिकारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सभामा कम्युनिस्टहरु लक्षित मन्तव्यमै नेताहरुले समय खर्चेका थिए । १७ वर्षे शसस्त्र द्वन्द्वले परिवर्तनको सट्टा नेपाली जनताको गाँस, वास र कपास जस्तै मुख्य आधार धरासयी पार्ने काम गरेको बताए ।

फेरि पनि देश समाल्न, नीति विधि, शुसाशन, अमनचयन र संविधानको रक्षाका लागि पुनः नेपाली कांग्रेस पार्टीलाई मत दिएर सल्यानका सबै पालिका वडाहरुमा विजय वनाई सल्यानी जनताको सपना साकार पार्न अपिल गरिएको छ ।

अन्य पार्टी छोड्दै दर्जनभन्दा बढीले पार्टी प्रवेश गरेका छन् । एमालेबाट धनवहादुर वुढा, माओवादी केन्द्रबाट खगेन्द्र पुन, लाल सिंह पुन, दिपक विक, इन्द्रबहादुर पुन, कुलवहादुर विक, वडा ६ एमालेबाट कर्णवहादुर वुढाथोकि, वडा ५ मा माओवादी केन्द्रबाट तारा विक, एमालेबाट भद्र वहादुर विक, वडा १ माओवादी केन्द्रबाट वोधवहादुर विक, एमालेबाट पुष्कर माझी, भुपेन्द्र विकले नेपाली कांग्रेस प्रवेश गरेका छन् । प्रमुख अतिथि शाहको आतिथ्यतामा भएको कार्यक्रमको सभा अध्यक्ष नगर सभापति पुरुषोतम आचार्य र सञ्चालन नगर सचिव रामवहादुर वस्नेतले गरेका थिए ।

अधिकांश नेताहरुले आसन्न स्थानीय चुनावमा तालमेल विना सिंगल सिंगल चुनावी मैदानमा उत्रिन केन्द्रीय नेतृत्वलाई तल्ला कमिटीहरुको आग्रह रहेको छ ।

कसैको वोत लागेर होइन अतिखेर नेपाली जनताले कांग्रेस सिंगल चुनाव आउन जनताहरुको माग रहेकोले गठबन्धन नभई एकलै लड्ने निर्णयको पर्खाइमा कांग्रेस कार्यकर्ता रहेको उनीहरुले बताए ।

सरकारमा पनि फेल, पार्टीमा पनि फेल, प्रतिपक्षमा पनि फेललाई अब किन भोट : नेता शाह

तथ्यांकमा देखिएको अर्थतन्त्रको डरलाग्दो तस्बिर

सरकारमा पनि फेल, पार्टीमा पनि फेल, प्रतिपक्षमा पनि फेललाई अब किन भोट : नेता शाह

दिगो विकास लक्ष्य स्थानीकरण सम्बन्धी अन्तरक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *