एमसीसीमाथिको छलफल आजदेखि

काठमाडौं । संसदमा टेवुल भएको अमेरीकी सहायता सम्झौता एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ ।

सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ ।
सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस हुनेछ । यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निणर्यार्थ पेस हुनेछ । सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ ।

दफावार छलफलमा सम्झौताको दफावार रूपमा विस्तृत छलफल हुनेछ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ । पारित गर्नका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ ।

एमसीसीमाथिको छलफल आजदेखि

नेकपा एसको जिल्ला कमिटी बैठकबाट जिम्मेवारी बाँडफाँड

एमसीसीमाथिको छलफल आजदेखि

जाजरकोटमा बसपार्क छैन, सडकमै गाडी पार्किङ्ग

Leave a comment

Your email address will not be published. Required fields are marked *