नेकपा एसको जिल्ला कमिटी बैठकबाट जिम्मेवारी बाँडफाँड

दुर्गा विसि/फाल्गुन, ११ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यान जिल्ला कमिटीको दोश्रो ऐतिहासिक पूर्ण बैठक सम्पन्न भएको छ ।आज सल्यान खलंगामा अायाेजत बैठकले निर्वाचन क्षेत्र,जिल्ला,केन्द्रीय प्रदेश परिषद सदस्य लाएतका पदहरुमा जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।
केन्द्रीय कमिटी सदस्य तथा जिल्ला कमिटी अध्यक्ष कमरेड उदय बहादुर बोहराकाे अध्यक्षतामा आयोजित बैठकमा प्रमुख अतिथि पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, अतिथिहरु पार्टी केन्द्रीय सदस्य भद्रसिह वुढा, केन्द्रीय सदस्य शारदा परियार तथा पार्टीका नेता लोक बहादुर डाङ्गीद्वारा बैठक सफलताको शुभकामना मन्तब्य राखेका थिए ।
पार्टी जिल्ला कमिटी उपाध्यक्ष रामकुमार खड्गीले स्वागत मन्तव्यसँगै संचालन जिल्ला कमिटी सचिव रमेश कुमार गौतमले गरेका थिए ।बैठकले सल्यान जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा २ जनालाई छनौट गरेको छ ।जस्मा शान्ता हमाल र ज्ञानेश्वर केसी ।
त्यससँगै बैठकले सल्यान जिल्ला कमिटी पदाधिकारीहरुलाई समेत पूर्णता दिएको छ । अध्यक्षमा हरि केसी ,उपाध्यक्ष राम कुमार खड्गी,उपाध्यक्ष भोला केसी, सचिव रमेश कुमार गौतम,उपसचिव टेकमान ओलि,उपसचिव कल्पना सेजवाल,उपसचिव भिउसन नेपाली रहेको जनाएकाे छ । त्यसै गरि निर्वाचन क्षेत्र तर्फको जिम्मेवारीमा निर्वाचन क्षेत्र नं १ संयोजक इश्वरी बुढाथोकी ,निर्वाचन क्षेत्र नं २ संयोजक टोप बहादुर थापा,अध्यक्षको नयाँ जिम्मेवारी पाएका केसीले सल्यान जिल्लामा पार्टीलाई सुदृढ र एकताबद्ध गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकले २३ औं हरि सिंह नेपाली तथा हेमराज केसी स्मृति दिवसको अवसरमा श्रद्धेय शहिदप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली तथा परिवार जनमा समवेदना प्रकट गरेको छ । नव निर्वाचित राष्ट्रिय सभा सदस्य माननिय उदय बोहरालाई बधाई एवं शुभकामना तथा पार्टीमा समायोजित हुनु भएका डाङ्गी लगायतका व्यक्तिहरुलाइ स्वागत तथा धन्यवाद प्रस्ताव पारित गरेको छ ।
साथै फागुन महिनाभित्र पार्टी र जनबर्गिय संगठनका पालिका, वडा, टोल स्तरमा भेला, गठन, पुनर्गठन र बैठकहरु बसेर संगठन निर्माण, संगठित सदस्यता नविकरण एवं बितरण, सदस्यता वितरण र स्थानिय निर्वाचन सम्बन्धि ब्यवस्थित योजना बनाउने, ब्यापक पार्टी प्रवेश अभियान चलाउने योजना पास गरेको छ ।
पार्टी केन्द्रको निर्देशन अनुसार पार्टीको सम्पूर्ण शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने र स्थानिय निर्वाचनको समग्र तयारीमा जुट्ने निर्णय गरेको छ । केन्द्रीय परिषद, जिल्ला कमिटीका पदाधिकारी लगायत पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाएका व्यक्तिहरुलाइ बधाई ज्ञापन समेत गरेको जनाएको छ ।अध्यक्ष उदय वाेहरा राष्ट्रिय सभामा निर्वाचित पश्चात् उनको ठाउँमा जिल्ला अध्यक्ष पदकाे लागि केसीलाई ताेकिको छ ।






