आजको मौसमः हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू–भागमा आंशिकदेखि सामान्यता सफा रहेको छ ।साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एक– दुई स्थानमा मेघ गर्जन -चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा र मेघ गर्जन ÷ चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन – चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता बुधबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन – चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।






