पञ्चपुरी–६ का वडा अध्यक्ष खड्कबहादुर थापालाइ हाम्रो प्रश्न ?

अहिलेसम्म हजुरले के कस्तो काम गर्नुभयो त ?
यस ५ बर्ष को काम हामी सिक्ने बाटो मात्र भएको छ । अनुभव बटुल्ने काम भएको छ । हुने काम गरेका छ भनि फुर्ती लाउने कुरा भएन जनताले पनि मुल्यांकन गरेको छन् । होला केही काम गरेका छम सबै भन्दा पहिले वडाको प्रोफाईल निर्माण तयारी गरिएको छ । प्रोफाईलबाट हाम्रो वडामा के कस्तो समस्या छ ? के कस्तो बिकास योजना बनाउने ? भने कस्तो कामहरुलाई प्राथमिकता दिने ? यसका साथै केही बाटोहरु, सिचाइ कुलो, विभिन्न लक्षित बर्गका कार्यक्रम, मठमन्दिर, रंगशाला निर्माण, सार्वजनिक सुनुवाई, जस्तो पूर्वाधार बिकास, स्वास्थ्य भवन, वडाको जग्गा, वडा भवन, विभिन्न रोजगारीका कार्यक्रम, लक्षित वर्ग, दिवसहरु सञ्चालन, जेष्ठ नागरिकहरुलाई सम्मान यस्तो विभिन्न कार्यक्रम गरियो ।

हजुर सरकारी सेवाको पूर्व सचिव पनि हो ?
२०५० सालमा सचिव पनि हो । सुर्खेत जिल्लाको छाप्रे गाबिस र गुटु गाबिसको सचिब पनि भएको थिँए । धेरै समय त होइन केही समय धेरै अनुभव बटुल्ने समय थियो । त्यहि समय आज यहाँ यस वडा सञ्चालन गर्दै अप्ठयारो परेको छैन् । साच्चिकै भन्ने हो भने वडा अध्यक्ष हुने योग त्यसस कामले पनि सिकायो । जेहोस मेरो वडा हाम्रो बनाउने अभियान पनि केही समय सञ्चालन गर्नेछु ।

आउँदो चुवामा हजुरको तयारी ?
जनताहरुले चाहे, यस वडामा मेरो आबश्यकता छ भन्ने अनुभुति भए फेरि पनि देहोरीनेछु । यदि जनताहरुको मत मलाई र मेरो काम उहाँहरुलाई प्रभावित भएको छ भने मेरो उम्मेदवारी दोहोरीनलाई समस्या छैन ।

अन्तिममा हजुरको केही भनाई ?
धन्यवाद सर यहाँ सम्म आउनु भो, हाम्रो वडाका कुराहरु राख्ने समय दिनु भो समयको लागि यहाँलाई पनि धन्यवाद फेरी यस्तो केही भएपछि हजुरलाई खवर गर्ने छु । यहाहरुको साथ सपोट सदैब रहने छ भन्ने आशा राख्दछु ।
(पञ्चपुरी नगरपालिकाबाट हाम्रा सूचक प्रेम सुनारले गर्नुभएको कुराकानी)

पञ्चपुरी–६ का वडा अध्यक्ष खड्कबहादुर थापालाइ हाम्रो प्रश्न ?

वीरेन्द्रनगरका जनप्रतिनिधिकाे पुरा भए त चुनावी प्रतिबद्धता

पञ्चपुरी–६ का वडा अध्यक्ष खड्कबहादुर थापालाइ हाम्रो प्रश्न ?

इजरायल र कोरियाको श्रम बजार व्यवस्थित गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *