जर्मनी महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडाै‌ ६ साउन ।

जर्मनी महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति अष्ट्रियालाई २–० ले हराउँदै आठ पटकको च्याम्पियन जर्मनीले अन्तिम चारमा स्थान सुरक्षित बनाएको हो।  ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा जर्मनीलाई जिताउन लिना मारिया मगुल र एलेक्स पोपले गोल गरे। खेलको २५ औं मिनेटमा क्लारा गाब्रिलीको पासमा मगुलले गोल गर्दै टिमलाई सुरूआती अग्रता दिलाइन्।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनीले खेलको अन्तिम मिनेटमा गोल थप्दै जित निश्चित गरेको थियो। उसका लागि ९० औं मिनेटमा एलेक्स पोपले गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन।

अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिता अन्तर्गत आज राति स्वीडेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। जारी संस्करणको महिला युरो कपमा घरेलु टिम इंल्याण्ड यसअघि स्पेनलाई दुई एकले हराएर सेमिफाइनलमा पुगिसकेको छ।

जर्मनी महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक

जर्मनी महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश

YUGAAWHAN NATIONAL DAILY (2079-04-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *