जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिक शंकास्पद वस्तु फेला

हुम्ला, ८ असार ।

हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।
खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानीले बताएका छन् ।

तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हो भन्न नसकिने , तर शंकास्पद वस्तु रहेको जनाएको छ । नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णाराज ओझाले जानकारी दिए । सशस्त्र माओवादी युद्धको बेला राखिएको पाइप बम हुन सक्ने स्थानीयवासीको आशंका छ ।

स्रोत :  रातोपाटी

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिक शंकास्पद वस्तु फेला

विश्व बैङ्कको कार्यालय उद्घघाटन

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिक शंकास्पद वस्तु फेला

सरकारी बोलेरो जीप दुर्घटनामा, एकको मृत्यु, चार

Leave a comment

Your email address will not be published. Required fields are marked *