चंखेलीमा गोला प्रथाबाट माओवादीकाे अध्यक्ष उम्मेदवार

केबी थापा
हुम्ला, ९ बैशाख ।
नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि गोलाप्रथाबाट उम्मेदवार छनोट गरेको छ । माओवादीले गोलाप्रथाबाट गोविन्द बहादुर शाही (प्रज्वलन) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा छनोट गरेको हो ।
गाउँपालिकामा आठ जनाले अध्यक्षमा आकांक्षा देखाएका थिए । सहमति जुट्न नसकेपछि गोला प्रथाबाट उम्मेदवार चयन गरिएको हो । गोलाप्रथाबाट उम्मेदवार सिफारिस गरेपछि अध्यक्षका अन्य आकांक्षीहरुले असन्तुष्टि जनाएको बताइएको छ ।
माओवादी केन्द्रबाटै ८ जना अध्यक्षको आकांक्षी रहेको चंखेली गाउँपालिका गोला प्रथा गरी गोविन्द बहादुर शाहीलाई छनौंट गरेसँगै अर्का अध्यक्षका आकांक्षी धु्रव वहादुर शाहीले आध्यात्मिक चिन्तन बोकेर गोलाप्रथा गरी विचार सकिएर टिकट वितरण गरेको गुनासो रहेको छ । चंखेली गाउँपालिकामा मात्रै आठ जना अध्यक्षका आकांक्षी थिए ।
अध्यक्षका आकाक्षीहरु गोविन्द्र बहादुर शाही, कालि बहादुर बुढा, कुलप्रसाद चौलागाई, अजबिर बुढा, वर्षबहादुर शाही, शेरबहादुर पाल, ध्रुब बहादुर शाही, सुरबिर ऐडी रहेका छन् । गोलाप्रथाबाट टिकट वितरण गरेपछि असन्तुष्टि जनाउन थालेका छन् । हुम्लाको ताजाँकोट, अदानचुली, सर्केगार्ड, खापुनार्थ, सिमकोट, नाम्खा गाउँपालिका भने विवादित देखिएको छ ।






