निर्वाचन अधिकृतको कार्यालयले बाँफिकोट गर्यो सर्बदलिय बैठक

प्रचण्ड खत्री
रुकुम पश्चिम, ९ बैशाख ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सर्बदलिय बैठक सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालय बैठकको आयोजना गरेको हो । निर्वाचन आयोगले तोकेको समय मनोनयन दर्ता गर्न आउने राजनीतिक दललाई सुझाब दिएको निर्बाचन अधिकृत कृतबहादुर बोहराले बताए ।

बहालवाला जनप्रतिनिधिले चुनाबमा भाग लिँदा अनिवार्य पदबाट राजिनामा दिनुपर्ने अधिकृत बोहराको भनाई छ । सबन्धित वडाका ठेकेदारले उम्मेदवार उम्मेदवारी दिएमा बदर हुने ब्यबस्था भएको छ । सर्बदलिय बैठकमा विभिन्न राजनितिक दलको सहभागिता रहेको थियो ।

त्यस्तै नामवली हराएको भए नामावलीको प्रतिलिपी र नागरिकता भए भोटिङ गर्न पाउने ब्यबस्था रहेको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर ओलीले जानकारी दिए । सर्वदलिय बैठकमा एउटै ब्यक्ति प्रस्तावक र समर्थक हुन नपाईने ब्यबस्था नरहेको जानकारी गराईएको थियो ।

सर्बदलिय बैठकमा बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, ४ का वडा अध्यक्ष लिलाराम बि.क., नेकपा माओवादी केन्द्रका बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी, नेपाली काँग्र्रेसका प्रतिनिधि खम्मु मल्ल, नेकपा एमालेका प्रतिनिधि गणेश केसी, जनमोर्चाका प्रतिनिधि धर्मभक्त मल्ल लगायतको उपस्थित रहेको थियो । बैठकको सहजिकरण सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर ओलीले गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले बाँफिकोट गर्यो सर्बदलिय बैठक

चंखेलीमा गोला प्रथाबाट माओवादीकाे अध्यक्ष उम्मेदवार

Leave a comment

Your email address will not be published. Required fields are marked *