नारायण नगरपालिका एककाे वडाध्यक्षमा एकीकृत समाजवादीबाट केसी सिफारिस

एकीकृत समाजवादीबाट वडा अध्यक्षमा युवा नेता रमेश केसी सिफारिस छन् । आगामी स्थानीय चुनावको लागि नारायण नगरपालिका वडा नम्वर एकको वडा अध्यक्षयमा नेकपा (एकीकृत समाजवादी)बाट युवा नेता रमेश केसी सिफारिस भएका हुन् । पार्टीको नगरकमिटिको बैठकले युवा नेता केसीको नाम सिफारिस गरेको हो । नारायण नगरपालिकाका एकका वडा सदस्य समेत रहेका दैलेखका युवा नेता केसीलाई पार्टीले एक्लो उम्मेदवारको रुपमा वडाअध्यक्षमा सिफारिस गरेको हो । नगरका लोकप्रिय नेता केसीले नगरपालिकाकै गतिविधि विरुद्ध आवाज उठाउदै आएका छन् । उनले गरेका खबरदारीमा नागरिक समाज र विभिन्न संघसंस्थाले समेत साथ दिदैँ आएका छन् । आफू जनप्रतिनिधि भइरहदा उनले शुसासन कायम गर्न विभिन्न पहल समेत गरे । बाटो,पुल,विकास निर्माणका हरेक काममा उनले खबरदारी जारी राखे । उनी युवाहरुका लागि एक उदाहरणीय पात्र समेत हुन् । उनले आफनै पालिका विरुद्ध विभिन्न समयमा खबरदारीका काम गदैँ सुधारउन्मूख बताए ।






