घुयँत्राे : सपूतले माअाेवादिले भनेझैँ गर्देछि ऐले

प्रकाश सपूतले बनाकाे “पीरले” माअाेवादिलाई साह्रै पीर पारेछि बाैखलाका माआेवादिले ज्यानै लिने धम्किदेछि बिचरा सपूत सहिदभए । युटुबबाट पीरलाई पीरमानिमानि हटाए ।

सपूतले माअाेवादिले भनेझैँ गर्देछि ऐले माअाेवादिकाे इज्जत ३ फर्ल्याङ्ग माथि उचाल्लियाछ रे त्यसैले युटुबबाट गीत हटाउने बित्तिकै अब जनताकाे मनाँ बस्या माआेवादिकाे बित्या कर्तुत र ” पीर” मा देखा समस्या सबै किनारा लाए जनताले कथालाई विर्सेर र अब गाैरबशाली पाटि छाेईछिटाेपछि शुध्द भाे भनेर नेता कार्यकर्ता मख्खछन र समाजाँ आफ्नाे इज्जत झ्वाट्टै बढेर मकैकाे शुलिभन्दा अग्लाेभा सम्झेर जुङा मुसार्ने र ताउलाउन उध्दत छन् ।

ज्यानै लिईलिई सत्ताकाे भर्याङ्ग बनाका दलका मान्छ्या लागि मान्छे मार्ने भन्ने कुरा झिङा मार्या जस्तैहाे भनमकि बायाँ हातकाे खेल हाे । त्यै भएरहाेला बिचरा सपूतमाथि माआेवादिले धावा बाेले । तर पनि माअाेवादि भन्ने बित्तिकै गाउँघराँ मान्छे जसरि कायल हुन्छन त्यसै गरि गीत संङ्गितकाे दुनियाँ प्रकाश सपूत चर्चित हुनेछन यैपीरले गर्दा, भलै युटुबबाट सपूतकाे रचना हट्याे तर उनले देखाकाे कथा हेर्ने मान्छ्या मनबाट त्याे चिजत हट्याछैन । “लुटनसके लुट कान्छा”ट  जसरि पशुपति शर्मा चर्चितभाथे ।

तपाईँहरले बिर्शनु भाे र ? पशुपति शर्माकाे ” लुटनसके लुट कान्छा” भन्ने गीत बजाराँ अाएछि एकाएक पशुपति जनतामाझ जसरि लाेकप्रिय भए र त्याे देखेर अाेलिबा फाएर भएर त्याे गीताँनि त बन्देज लाईयाे तर के गर्नु अन्तत के भाे जनताले बुझेकैछन ।

अनि त्याे गीतले रातारात पशुपति शर्मा कसरि चम्किय र अाेलिबाले अन्तत त्यै चरित्रलाई लियर र रातदिन जसरि उखानटुक्का हालेर समय खर्चेका छन र साेझा साझालाई उल्लु बनाउदै दाैडाहा लगाएका छन याे त सबैले देखे बुझेकै छननि । चित्त नबुझ्या मान्छेलाई नेताहरले धारेहात लाएर सराप्न हुने अनि याैटा शर्जकले अाफ्नाे सृजना जनाबीच राख्न नहुने ?

बारे नेताहरकाे मथिङ्गल ! ? अाेलिबाले जसरि तासकाेमहल खडागर्नु भाे र प्रचण्डको “गाैरबशाली” लाई कव्जाँ लेर एमाले पाटिका अगाडि “गाैरबशालि” विशेषण थप्नु भाे त्यल्लाईनि हटाउन लाउनु पराेनि माआे कमरेडहरु ! ऐले माआेवादिले प्रयाेग गर्ने शब्दकाे चार्मिङ् लेर अाेलिबा चुनाबि दाैडाँ हिनिरनुभाछ खै त अाेलिबालाई हाम्राे शब्द नचाेर्नाेस भन्या ?

बलियाका अघि दुम दबाउने कमजाेर र निर्धालाई हेप्ने ? याे भएन है । ल है ! चुनाउ अाछ ! एमाले माआेवादि सिध्याउने भन्दै भाषण गरेर हिँडन थाल्या अाखिर युटुब र डटकम अनि पत्रपत्रिकाले एकअर्काविरुध्द हिलाे छ्यापाछ्यापका कुरा अाउन्यै हाेलान तिन्लाई हटाउन के जुक्ति गर्ने साेच बनाउनु भाछ ? हाम्लाईनि जानकारी हाेस हैत ! अरुबाँकि फेरिफेरि है त कमरेडहरु अाजलाई ईतिश्री ।

घुयँत्राे : सपूतले माअाेवादिले भनेझैँ गर्देछि ऐले

जसले सहकारी संस्था स्थापनामा संघर्ष गरे

घुयँत्राे : सपूतले माअाेवादिले भनेझैँ गर्देछि ऐले

करिष्माले भनिन ‘ओलीको कुरा सुनेर कहिल्यै थाक्दिनँ’

Leave a comment

Your email address will not be published. Required fields are marked *