हरेक क्रान्तिको साँक्षी दिल्ली किन ?

पृथ्वी बहादुर सिंह/लेखक तथा साहित्यकार
साम्राज्यवादी अंग्रेजले मानिसको भावको मेसिनवाट समान उत्पादन गरी स्वचालित राइफल निर्माणगरी समान बिक्री बजार खोज्दै पानी जहाजबाट भारतको पश्चिम बंगालमा उत्रेको थियो । ब्यापार गर्न इष्टइन्डिया कम्पनी नामक ब्यापारिक संस्था पश्चिम बंगालका रजौटासँग सन्धि गर्यो । त्यो समय अहिलेको भारतमा पाकिस्तान र बंगलादेशलगायत ससाना ६८० रजौटाहरु छरिएर थिए । अरु गोर्खालीले नेपालका बिभिन्न साना कोटे राज्यहरु एकिकरण गरेर आजको नेपालभन्दा तेब्बर भुभागमा शासन गरिरहेका थिए ।
दक्षिण एसियाका सबै कविला राज्यहरुमा एकनाले बन्दुक र तरबार राज्य सुरक्षाको लागी हतियारको बिकास गरेका थिए । अंग्रेजले ब्यापार गर्छु भनि सामान ल्याउन पानी जहाजबाट राइफल र सेना पश्चिम वंगालमा उतारेर युद्रको घोषणा गरेको थियो । आत्मसमर्पण गर्ने राज्यहरु अंग्रेजी शासनको निर्देशनमा केही भुभागमा अंग्रेज नियन्त्रित राज्यहरुले शासन गरेका थिए । ति मध्ये हाम्रो नेपाल नजिकको उत्तर प्रदेशको वलरामपुर, हिमाञ्चल प्रदेशको श्रीमोर हिन्दु रजौटा गुजरातका सौराष्ट मध्ये मुस्लीम राज्य जुनागढ यस्ता सयौं रजौटाहरु रहेका थिए ।
विशाल हिन्दुस्थान निर्माण गर्दा त्यो समयको दक्षिण एसियाको ठूलो राज्य नेपालसँग पुर्बदार्जिलिङ सिक्कीमदेखि पश्चिममा कांगडासम्म गोर्खाली सेनासँग ठूलो युद्ध भएको थियो । यो युद्धमा हजारौ नेपालीहरुले ज्यान गुमाएका अहिले पनि गढी र किल्ला भग्नाशेषका रुपमा रहेका छन् । स्वचालित अंग्रेजको राइफल अगाडि गोर्खाली सेनाको केही नलाग्नेदेखि दरवारले केही भुभागमा भए पनि राज्य गर्ने गुमस्ता गर्दै इ.स १८१४ देखि १८१६ सम्म अङंग्रेजसँग युद्ध लडेर दुई तिहाई भुभाग अंग्रेजलाई दिएर एकतिहाई अहिलेको नेपाली भुभागमा राज्य गर्ने इ.स १८१६ को सुगौली संन्धी गरेको थियो ।
साम्राज्यवादी अंग्रेजी फौजसँग विभिन्न भुगोलमा विरताका साथ लडेका सेनानी अमरसिहं थापा यही सन्धिवाटअ असन्तुष्ट भएर गोेशाईकुन्डमा डुवेर मृत्युवरण गरे । साम्राज्यवादी अंग्रेजले नेपालमा पहिलो राजदुतावास खोल्छ । गोर्खालीहरु राष्टवादी छन् भन्ने युद्ध मोर्चामा पहिचान गरेको थियो । ति राष्ट्रवादी दरवारियाहरु नेपालको दरबारबाट हटाएर दलालको खोजीमा लाग्दा जंगवहादुर कुँवरलाई भेटायो । तत्कालिन राजा राजेन्द्रविक्रम शाहकी कान्छी रानीले काजी गगंनसिंह थापासँग मिलेर आफ्नो छोरालाई युवराज घोषणा गराउन राज्य परम्परा तोड्न लागेकी थिइन् ।
त्यही समय गंगनसिह थापाको हत्या भयो । साम्राज्यवादी वेलायती शासनविरुद्घ भारतीय सिपाहीका मराठीहरुले लखनउ र कानपुरमा इ.सं १८५७ मा विद्रोह गरे । भारतीय अंग्रेजी भाइसरायले दलाल जंगवहादुरलाई ६ पल्टन लिएर सिपाही विद्रोह दबाउन आह्वान गरे । जंगबहादुरले गोर्खाली ६ पल्टन लिएर लखनउ कानपुरको विद्रोह दवाउने कार्य सफलता पुर्वक गरे । इ.स १८१६ को सन्धी अनुसार गुमेको बांके, वर्दिया कैलाली, कन्चनपुर सिपाही विद्रोह दबाउन सघाए वापत नेपाललाई उपहार स्वरुप फिर्ता दिइएको थियो ।
राणाहरुले आफ्नो शासन अखण्ड राख्न स्वदेशका ठकुरीलाई टिके राजा घोषण गर्ने शाह परिवारदेखि भारतीय अंग्रेजसँग समर्पण हिन्दु रजौटाहरुसँग वैवाहिक सम्वन्ध राख्न पुगे । अंग्रेजबिरुद्घ भारतीय जनता आन्दोलमा आउँदा पन्जावको जालियावाला वागमा भारतीय नेताहरु जम्मा भएर वैठक गर्दा गोर्खा रेजिमेन्ट प्रयोग गरी हत्या गरीएको थियो । जनबलमा भारतवाट अंग्रेज ढल्न पुग्यो । अंग्रेजी शासन गएपछि अंग्रेजको आडमा अडिएको राणा सरकार अन्त्य हुँदा ति भारतीय रजौटाहरु भारतीय कांग्रेसमा प्रवेश गरे ।
प्रजातन्त्र प्राप्तपछि पनि भारतीय रजौटाको सम्पति अधिग्रहण गरिएन । प्रजातन्त्रपछि भारतमा औद्योगिक क्रान्ति हुँदा ति रजौटाहरु नै भारतीय पँुजिपति बने । भारतको सबै तहको राजनीतिमा उनीहरुको पहुंच भयो । नेपालमा राणा विरोधी क्रान्ति हँुदा तिनै राणा परिवारका नातेदार रजौटाहरुको दवावमा २००७ को क्रान्तिमा दिल्ली साँक्षाी बनेर त्रिपक्षीय सम्झौता भयो । प्रजातन्त्र प्राप्तीपछि पनि पहिलो प्रधानमन्त्री मोहनशम्सेर वन्न पुगे ।
स्वतन्त्र भारतले पनि अंग्रेजले लिएको नेपाल नीति यथावत राख्दै गोर्खा भर्ति र खुल्ला वोडर रोकिएन । भारतीय रजौटाहरु पुँजीपतिदेखि राजनीतिक पार्टी ब्यूरोक्रयाट फौजीतहको उच्च ओहोदामा पुग्नेक्रम अहिले पनि यथावत छ । राणा र शाह परिवारको ति भारनीय रजौटाहरुसँग वैवाहिक सम्वन्ध अहिले पनि यथावत छ । जब नेपालमा जनविद्रोह हुन्छ, तब दिल्लीले शान्ती वार्ता गराउँदै आएको छ । भारतीय भर्ती केन्द्र रोक्छौं, नेपाल र भारतमा रहेको खुला आवतजावतलाई पासपोर्ट भिसा लगाउछौं भन्ने क्रान्तिका नाराहरु सबै भुल्छन् । सत्तामा पुगेपछी पहिलो विदेश भ्रमण दिल्लीको दर्शन नै हुन्छ ।
सबै स्थानमा तिनै भारत र नेपालका रजौटाहरुका सल्लाह “र” का एजेण्ट भएर बसेका छन् । एउटा “र” को सदस्य भारतवाट आएपछि सत्तापक्ष प्रतिपक्ष नेपाली राजनीतिका टपरेहरु सरकार प्रमुख आएजस्तो गरी भेटघाट गर्दछन् । करिव ८० लाख युवा खुला आवतजावतले भाडामा श्रम भारतीय भूमिमा पोखिरहेका छन् । भारतीय सैनिकको पेन्सन खानेको ठूलो पंक्ति छ । नेपाली मुलका भारतमा वसोवास गर्नेहरु पनि पचासौ लाख रहेका छन् । सन् १९५० को त्रिपक्षीय दिल्ली शान्ती सम्झौता, माओवादी र संसदवादी दलको २०६२ को दिल्ली शान्ती सम्झौता पनि भारतीय तिनै रजौटाहरुको दवावमा गरिएको हो ।
क्रान्ति दवाउने र नरसंहार गर्ने राजा तथा राणाको सम्पति किन जफत गरिएन ? कसलाई फाँसी दिइयो ? कुनै पनि मुलुकहरुमा क्रान्ति जित्नेले पराजयमाथि दण्डित गरेका छन् । नेपालमा शकुशल अवतरण गराइन्छ । तिनैलाई विभिन्न पार्टीमा प्रवेश र निजामति तथा फौजीमा पदोन्नति गरिन्छ । ई.स. १८१६ अङंग्रेजसँग सन्धीपछी नेपालले भारतीय सिमानामा सुरक्षाकर्मी खटाएन । भारतीय प्रजातन्त्र प्राप्तपछि सिमानामा भारतीय शासकवाट सताईएका छन् । भारतले १२ वर्ष लगाएर कालापानी, लिपुलेकबाट मानसरोवर जाने पक्की सडक उत्घाटन गरेपछि मात्र नेपालका शासकले थाहा पाउँछन् । अनि चुच्चे नक्सा पास गर्दछन् ।
भारतको सिमानामा सुरक्षा गर्न पहिलो पक्तिमा गोर्खा सैनिक रहन्छन् । अहिले कालापानी बिवादमा गोरखा सैनिक यूनिट सुक्षाको लागि खटाईएको छ । नेपालको विकास गर्न भारतीय शासकसँग सहयोगको भिख माग्छन् । अहिले पनि नेपालको सबै तहमा भारतीय ‘र’ का एजेण्ट जबराहरु रहेका छन् । भारतको रेक्सावालादेखि राजनीतिक पार्टी, मिडियावाला, रंगकर्मीसमेतले लिम्पीयाधुरा र लिपुलेक तथा कालापानी भारतको हो भन्दै खिल्ली उडाइ रहेकाछन् ।
भारतीय सत्ताको आडमा नेपालका दलालहरु सत्तामा जाने प्रकृया रहम्दासम्म कहिले पनि नेपाल र नेपालीहरु गौरवले बाँच्ने दिन आउन सक्दैन । यसपटक पनि भारत र अमेरिका एउटै बिन्दुमा उभिएर एमसीसी संसदबाट पास गराएर दलाल जंगबहादुरभन्दा एक कदम अगाढी बढेर शेरबहादुरहरु भारतीय अमेरीकन कोलोनीमा लैजादै छन् । नेपालीहरुले थप पीडा कती भोग्नु पर्ने हो ।
त्यसको प्रतिकार गर्न राष्टवादी जनता एकमत भएर उठन जरुरी छ । भारतको दलाली गरेर हरेक क्रान्तिपछि शान्ति वार्तामा दिल्ली साँक्षी वस्छ किन ? यस्तै अनेकौ भारतीय शासकको दवदवा मात्र होइन्, स्वार्थ पुगेन भने देश विभाजन, विलय, द्वन्द वढाएर एमसीसीले प्रतिगमन र धार्मिक द्वन्द वढाउन सक्छन् ।






