मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, ५ साउन

मनसुनी प्रणाली विहीबार थप सक्रिय बन्ने भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा भन्दा उत्तरतिर अवस्थित रहेकोले मनसुन थप सक्रिय बन्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विहीबार विहानै देखि देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यता शुक्रबार देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

स्राेत ः गाेरखापत्र

मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रदेशमा गाडी खरिद र मर्मतमै सवा ६

मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

जुम्लाका दुईवटा विद्यालयमा सुविधायुक्त शौचालय निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *