जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय

काठमाडौं,७ असार ।

सरकारले जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको हो ।

नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानस्वरूप सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारले निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ । जयपृथ्वी १९३४ भदौ ५ गते बझाङमा जन्मिएका हुन । उनी जंगबहादुर राणाका भान्जा हुन ।

उनको बाल्यकालको शिक्षादीक्षा काठमाडौंको थापाथली दरबारमा भएको थियो । उनले म्याट्रिकुलेसनदेखि स्नातकसम्म भारतका कोलकाता र प्रयागमा पढे । उनको विवाह चन्द्रशमशेरकी छोरी खगदिव्यश्वरीसँग १९५१ सालमा भयो ।

विवाहपश्चात् उनले ससुरालीबाट पश्चिमका छान्नादरा, कुन्नादरा, डिलकोटेली दरा, सटिकादरा बिर्ता पाएका थिए । उनले लेखेको अक्षरांक शिक्षा’ नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । प्राकृतव्याकरण नामक’ अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट वि.सं १९६९ प्रकाशित भएको थियो ।

स्रोत : कान्तिपुर

जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय

राडीपाखी उद्योगले किसानलाई राहत

जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय

एसइई को नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *