एक रोपनी जग्गामा रहेको अबैध अफिम खेती नस्ट

माेहन सिह

जाजरकोट, ८ बैशाख ।
जिल्लाको भेरी नगरपालिका वडा नं. २ स्थित डिंगामा अन्दाजी एक रोपनी जग्गामा रहेको अबैध अफिम फेला पारी नष्ट गरिएको छ । बुधबार बिहान १० बजे खटिएको प्रहरी चौकी पाँचकाटिया जाजरकोटबाट प्रहरी हवल्दार जगत बमको कमाण्डरमा टाेली खटिएकाे थियाे ।

चार जना प्रहरी टोली गस्तिमा जाने क्रममा जिल्लाको भेरी नगरपालिका वडा नं २ डिंगामा अन्दाजी दुई रोपनी जग्गामा रहेको अबैध अफिम खेती फेलापारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपि निरौलाका अनुसार जिल्लाको बिभिन्न ठाउँमा अबैध अफिम खेति गरेको भेटिएको छ । ‘हामीले पाएका गोप्य सुचनाका आधारमा गस्ती पठाई नष्ट गर्ने मात्र गरेका छौं ।

यदि कानुनी रुपमा हेर्ने हो भने हामीले १० बोट देखि २५ बोट सम्मको अबैध अफिम लगाउने कृषकलाइ ऐन २०३३ मा रहेका कानुनी प्राव्धान अनुसारको मुद्दा लगाई कारबाही गर्न सकिन्छ । तर हामी ले किसान लाई सल्ला सुझाव दिई अबैध अफिम खेति फेरि नगर्ना जानकारी गराइ अबैध अफिम खेति मात्र नष्ट गरेको छौं’ डिएसपि निरौलाले जनाउनुभएको छ ।

एक रोपनी जग्गामा रहेको अबैध अफिम खेती नस्ट

युवाको गर्धनमा एक्कासी हँसिया प्रहार

Leave a comment

Your email address will not be published. Required fields are marked *