युवाको गर्धनमा एक्कासी हँसिया प्रहार

दिपेन्द्र शर्मा
नलगाड, ८ बैशाख ।
जाजरकोट नलगाड नगरपालिका वडा नं. ६ गर्छिनाका एक युवामाथी एक्कासी हँसिया प्रहार भएको छ । नलगाड नगरपालिका वडा नं. ६ का भर्दिमल घर्तीको नाति गोबद्र्धन घर्तीको छोरा बर्ष ३८ को दिपक घर्तीमाथी धारिलो हँसिया प्रहार भएको हो । बुधबार बेलुका ८ बजे स्थानीय २५ बर्षिय युवा अर्जुन विकले घाँटीको गर्धनमा हँसिया प्रहार गरेका थिए ।

स्थानीयका अनुसार साँझको पाच बजेतिर पसलमा क्यारिम बोर्ड खेल्दै गर्दा सामान्य रुपमा बादविवाद भएको थियो । त्यसपछि सोहि पिडित दिपक घर्ती उक्त पसल नजिक रहेको उनकै नाताले साला पर्ने खिम बहादुर घर्तीको घरमा गई बसिरहेको बेला साँझको आठ बजेतिर एक्कासी आएर अर्जुन बिकले धारिलो हतियार हँसियाले प्रहार गरेका थिए ।

पिडित दिपक घर्तीको पछाडीको भाग गर्धन र पिठ्युँको दाहिने भागमा गम्भीर चोट पुगेको नलगाड नगरपालिकाको स्वास्थ्य चौकीले जानकारि दिएको छ । घटनापछि अर्जुन बिक फरार भएको इलाका प्रहरी कार्यालय नलगाडले खोजि कार्य तिव्र भइरहेको जनाएको छ । पिडितको उपचारको लागि तुरुन्त नेपालगञ्ज लैजाने तयारी भएको स्वास्थ्य चौकीको भनाई छ ।

युवाको गर्धनमा एक्कासी हँसिया प्रहार

गुर्भाकोटको प्रमुख प्रशासकीय अधिकृत बनेका को हुन

युवाको गर्धनमा एक्कासी हँसिया प्रहार

एक रोपनी जग्गामा रहेको अबैध अफिम खेती

Leave a comment

Your email address will not be published. Required fields are marked *