गुर्भाकोटको प्रमुख प्रशासकीय अधिकृत बनेका को हुन देवकिरण बुढा ?

दिलिप ढकाल
गुर्भाकोट, ८ बैशाख ।
बुवा रामबहादुर बुढा र आमा जुनादेवी बुढाका पहिलो सन्तानको रुपमा कर्णाली प्रदेश दैलेख जिल्लाको महाबू गाउँपालिका वडा नम्बर ३ मा २०२४ साल बैशाख २७ गते जन्मिएका थिए देवकिरण बुढा ।

कृषक परिवारमा जन्मिएका देबिकिरणको बाल्यकाल गाउँमै घाँस, दाउरा र मेलापात गरेर बित्यो । पहिलो सन्तान भएका कारण उनी घरपरिवारमा पनि सबैका प्यारा थिए । कक्षा ३ सम्म उनले गाउँकै विद्यालयम अध्ययन गरे ।

ऊबेला गाउँमा कक्षा–४ मा पढाइ हुने स्कूल थिएन । जसकाकारण कक्षा–४ को अध्ययन गर्न उनी डाँडीमाडी पुगे । तत्कालीन हिमालय माध्यमिक विद्यालयमा कक्षा–४ को पढाई पुरा गरे । कक्षा–५ देखि १० सम्मको अध्ययन त्रिभुवन माविबाट पुरा गरेका उनले २०४२ सालमा एसएसली पास गरे । त्यसपछि उच्च शिक्षाको लागि सुर्खेत झरे ।

तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट आइकमदेखि स्नातकोत्तर तहसम्मको पढाइ पुरा गरे । पछि कानूनी ज्ञानका लागि एलएलवी विषय अध्ययन गरेका छन् । माध्यमिक तह पुरा गरेपछि देवकिरणको जीवन थप संघर्षमय बन्यो ।

यहीकारण उच्च शिक्षा पुरा नहुँदै उनी सरकारी जागिरमा जोडिए । सानैदेखि सरकारी जागिरमा जोडिनुपर्छ भन्ने सोच राख्ने उनी २०४५ साल बैशाख ३ गते निजामति क्षेत्रमा प्रवेश गरे । लोकसेवामा नाम निस्किए संगै २०४५ सालमा मालपोत कार्यालय सुर्खेतबाट उनको जागिरे यात्रा सुरु भएको थियो।

२०५२ सालमा पुन लोक सेवा लडेर लेखापालामा नाम निकालेका देबी किरण बुढा जिल्ला बिकास समितिको कार्यालय रुकुम पश्चिममा नियुक्ति लियर रुकुमका जनताको सेवा गर्ने मौका पाएका थिए । करिव २२ महिनापछि पुनः सुर्खेतमा सरुवा भएर फर्किए ।

शसस्त्र विद्रोहको अवधिभर सुर्खेतलाई नै कार्यथलो बनाएर सेवा गरे । शान्ति प्रक्रियापछि भने कर्णालीका विभिन्न जिल्लामा बसेर सेवा गरे । शान्ति प्रक्रियापछि माओवादीको त्रास हट्यो । त्यसपछि कर्मचारीलाई जुनसुकै क्षेत्रमा बसेर भए पनि काम गर्ने वातावरण बन्यो ।

दुर्गममा जाने कर्मचारीलाई पनि विशेष सम्बोधन गर्ने नीति ल्यायो । २०६५ साल तिर लेखा अधिकृत मा बढुवा भएका बुढा सिचाई डिभिजन कार्यालय सुर्खेत मा पनि काम गरेका बुढाले कोष तथा लेखा नियब्त्रण कार्यालय सुर्खेतमा पनि काम गर्ने मौका पायका थिए ।

२०६७ देखि २०६९ सम्म जिल्ला स्वास्थ्य कार्यालय जुम्लामा काम गरेका बुढाले २०७० साल तिर कोष तथा नियन्त्रण कार्यालय मुगुमा काम गरेका थिए ।

२०७५ सालमा स्वास्थ्य कार्यालौया कालिकोटमा काम गरेका बुढाले करिब १ वर्ष जति खाडा चक्र नगरपालिका कालिकोटमा पनि काम गर्ने अवसर पायका थिए ।

त्यसपछि सुर्खेतकै गुर्भाकोट नगरपालिकामा लेखा अधिकृतको रुपमा लामो समय काम गरिरहेका देबिकिरण बुढा निबर्तमान प्रमुख प्रसासकिय अधिकृत टेक बहादुर खत्रीको उमेर हदका कारण अनिबार्य अबकास भएपछि अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार आर्थिक तथा प्रशासनीक कामकाज गर्ने गरी गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित पद बहाली भएका छन् ।

अविस्मरणीय क्षण
निजामित क्षेत्रमा ३३ बर्ष भन्दा बढी विताइ सकेका देवकिरण सँग धेरै अनुभवहरु छन् । धेरै तितामिठा अनुभवहरु छन् । २०७५ सालमा स्वास्थ्य कार्यालय कालिकोटमा बाबुछोरी नै एउटै कार्यालयमा रहेर सेवा गर्ने अवसर मिल्यो देवकिरण जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको लेखापाल र उनकी छोरी डाक्टर पुजा विसी कार्यालय प्रमुख भइन् । यही क्षण उनका लागि निकै अविस्मरणीय रह्यो ।

गुर्भाकोटको प्रमुख प्रशासकीय अधिकृत बनेका को हुन देवकिरण बुढा ?

हुम्लाको मासपुरका मतदातालाई भोट हाल्न तीन दिन

गुर्भाकोटको प्रमुख प्रशासकीय अधिकृत बनेका को हुन देवकिरण बुढा ?

युवाको गर्धनमा एक्कासी हँसिया प्रहार

Leave a comment

Your email address will not be published. Required fields are marked *