हुम्लाको मासपुरका मतदातालाई भोट हाल्न तीन दिन लाग्ने

केबी थापा
हुम्ला, ८ बैशाख ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका वडा नं. ३ मासपुर गाउँका बासिन्दाले मतदान गर्नकै लागि तीन दिन खर्च गनुपर्ने बाध्यता अँझै कायम रहेको छ । मतदान केन्द्र टाढा र मतदाता समेत थोरै हुने गरेकाले पनि मतदान केन्द्र स्थापना हुन नसकेकोे स्थानीय टेक बहादुर रोकायाले बताएका छन् ।

मासपुर गाउँका बासिन्दाको मतदान केन्द्र वडा कार्यालय नजिकै रहेको कैलाश आधारभुत विद्यालयमा पुग्न पैदल हिडेर एक दिन लाग्ने गरेकोे छ । एक दिन जान, एक दिन आउन र एक दिन मतदान गर्ने समय गरेर तीन दिन समय लाग्ने गरेको स्थानीय रोकायाले बताएका छन् ।

मासपुर गाउँमा हाल सम्म २३ घरधुरी रहेका छन् । २०७८ सालको जनगणना अनुसार उक्त गाउँको जनसंख्या १ सय ३ रहेको छ । गाउँमा मतदाता परिचय पत्र भएका ३७ जना रहेको ३ नम्बर वडा कार्यालयले जनाएको छ ।

६० बर्ष माथीका १० जना मतदाता रहेका छन् भने बाँकी २७ जना बयस्क मतदाता छन् मतदान केन्द्र टाढा रहेकाले जेष्ठ नागरिकहरु मतदानबाट बञ्चित हुने भएका छन् । मैला आउँने जाने बाटो निकै लामो र असहज भएकाले पनि जेष्ठ नागरिकहरु मतदानबाट बञ्चित हुने भएका हुन् ।

यस किसिमको बाध्यता जिल्ला निर्वाचन कार्यलय हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्लालाई पटक पटक जानकारी गराएको भएपनि मतदान केन्द्र स्थापना गर्नमा कतैबाट पहल नभएको वडा कार्यालयले जनाएको छ । मतदान केन्द्र टाढा भएकाले मासपुर गाउँका केही बृद्धाहरुले यसपालि मतदानमा भाग लिने नपाउने बताएका छन् ।

The new political map of Nepall comprising of the disputed lands of Kalapani, Limpuyadhura, Lipulekh, published on May 20, 2020. Photo Cpurtesy: Bishnu Rimal/Twitter

हिड्डुल गर्न नसक्ने बृद्धबृद्धाहरुलाई बोकेर मतदान केन्द्र सम्म पुर्याउने सम्भाबना नभएकाले मतदानबाट बञ्चित हुने गरेको उनले बताएका छन् । टाढा भएकाले उनी २०७४ सालको स्थानीय, संघ र प्रदेशको चुनावमा पनि मतदानमा सहभागि नभएको वताएका हुन । मासपुरका धेरैले त मतदाता परिचय पत्र समेत बनाएका छैनन् ।

मतदान केन्द्र टाढा छ, बनाएर पनि के गर्नु स्थानीय रोकायाले वताए । जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार यसपालि नयाँ मतदान केन्द्र थप्ने कुनै कार्यक्रम नभएकाले मतदान केन्द्र स्थापना गर्न नसकेको बताएको छ ।

हुम्लामा सबै भन्दा टाढा रहेको मतदान केन्द्र यहि हो मतदान केन्द्र आबश्यक परेको देखिएको छ । २०७० को संबिधान सभाको चुनाव देखी गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुनु पर्ने बताउँदै आएका छन् । मत हाल्नका लागि सामान (खाद्यान्न) बोकेर जानु पर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनु पर्ने जनाए ।

गाउँको राजनितिक पहुँच कम भएकाले अहिलेसम्म कसैले नसुनेको स्थानीयले वताए । सदरमुकाम सिमकोटबाट ५ दिन पैदल लाग्ने यो गाउँमा राज्यको ध्यान पुग्न सकेको छैन् । गर्भवति महिला र बुढापाकाहरु त मतदान गर्न नआउने भएका छन् ।

एक दिन पुग्न लाग्छ, एक दिन मतदान गर्ने समय भईहाल्यो र एकदिनमा फर्कने गर्दा अशक्क्त बुढापाकाहरुलाई ३ दिन लाग्ने भएकाले मतदान गर्न समस्या हुने स्थानीयले बताएका छन् ।

हुम्लाको मासपुरका मतदातालाई भोट हाल्न तीन दिन लाग्ने

YUGAAWHAN NATIONAL DAILY (2079-01-04)

हुम्लाको मासपुरका मतदातालाई भोट हाल्न तीन दिन लाग्ने

गुर्भाकोटको प्रमुख प्रशासकीय अधिकृत बनेका को हुन

Leave a comment

Your email address will not be published. Required fields are marked *