एमालेबाट पत्रकार नवराज महतारासहित अदानचुली गाउँपालिकाको अध्यक्षमा ७ जनाको सिफारिस

केबी थापा
हुम्ला, ८ बैशाख ।
नेकपा एमाले अदानचुली गाउँ कमिटिले बरिष्ठ पत्रकार नवराज महतारा सहित ७ जनाको नाम गाउँपालिकाको अध्क्षमा सिफरीस गरेको छ । जिल्ला सदरमुकाम सिमकोटमा कार्यदलको बैठक बसरी रहेको अबस्थामा अदानचुली गाउँ कमिटिले बिगत लामो समयदेखी पत्रकारीतासँगै आन्तरिक रुपमा नेकपा एमालेको राजनितिमा रहँदै आएका थिए ।

महतारासँगै गाउँ कमिटिका अध्यक्ष बुधे भण्डारी, वर्तमान उपाध्यक्ष सौमती रावल, प्रदेश कमिटी सदस्य बिष्नु बुढा, जिल्ला अध्यक्ष कल बहादुर हमाल, केन्द्रीय सल्लाहकार सदस्य राम बहादुर दानी र प्रदेश कमिटी सदस्य धन्जे परियारको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको गाउँ कमिटिका अध्यक्ष बुध भण्डारीले जानकारी दिनुभएको छ ।

आन्तरीक रुपमा एमाले जिल्ला कमिटि सदस्य रहदै आएका पत्रकार महतारा २०७७ पुष ५ को सर्बोच्चको फैसला पछि उनी गाउँ गाउँमा संगठन बिस्तार गरेर खुलारुपमा राजनितिमा प्रबेश गरेका उनि बैशाख ३० को निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा बलियो दाबी रहेको बताएका छन् । स्पष्ट वक्ता, योजना निर्माणदेखी सम्बन्ध बिस्तार उनको बलियो पक्ष हो ।

उनले सुरु गरेका कुनै पनि कामहरु अहिलेसम्म असफल नभएको र जुनकाम उनले थालनी गरेका छन् ती सबै काम पुरा गरेकाले उनी अध्यक्ष भएको खण्डमा जुन किसिमको बाचा गर्छन् ति सबै पुरा गर्नेमा आशाबादी रहेकोले पनि नवराज महतारा अध्यक्ष हुनु पर्नेमा अदानचुली गाउँपालिकाका अधिकांश नागरिकको भनाई रहेको छ ।

बि.स.२०६० को दशकदेखी पत्रकारीता सुरु गरेका महताराले नेपालको पहिलो सामुदायिक रेडियो सगरमाथा एफ.एम.देखी राष्ट्रिय समाचार समिति (रासस), कान्तिपुर, अन्नपूर्ण जस्ता राष्ट्रिय पत्रिकामा पत्रकारिता गरेर आफ्नो छबी बनाएका उनले २०६८ सालमा आफ्नै स‌‌स्था एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र हुम्लामार्फत सबै दलहरुलाई एक ठाउँमा ल्याएर सबैको सामुहिक लगानीमा रेडियो कर्णाली आवाज नामक एफ.एम. रेडियो सञ्चालनमा ल्याएका थिए ।

जुन अहिले पनि सञ्चालनमा रहेको छ । रेडियो सञ्चालक समितिका अध्यक्षमा पूर्व सामाजिक विकास मन्त्री समेत रहेका प्रदेश सांसद दल रावल र स्टेशन म्यानेजरमा उनी आफै बसेर उक्त रेडियो सञ्चालनमा ल्याई सफल पात्रको रुपमा चिनाएका छन् ।

त्यसपछि उनले अशिक्षती महिलाहरुलाई शिक्षित बनाउनको लागि जिल्ला शिक्षा कार्यालयको समन्वयमा आफैले खुल्ला गृहिणी बिद्यालयको स्थापना गरी सञ्चालनमा ल्याई घरमा काम गरी रहेकी महिलाहरुलाई शिक्षा दिएका हुन् उक्त बिद्यालयमा अध्ययन गरेकी केहि गृहिणीहरु अहिले राज्यको बिभिन्न निकायमा समत पुग्न सफल भएकी छन् ।

त्यसपछि उनले जिल्लाको तल्लो क्षेत्रमा कुनै पनि सुचना र सञ्चारबाट बञ्चित नागरिकलाई सूचना दिनको लागि जिल्ला सदरमुकामबाट करिब ४४ कोष टाढा आफ्नै गाउँपालिकामा सूचनाबाट नागरिकलाई सुसुचित गराउनको लागि २०७३ सालमा रेडियो श्रीनगर नामक रेडियो स्थापना गरी उक्त रेडियो पनि अहिले सञ्चालनमा रहेकाले पनि त्यहाँका नागरिकहरुले नबराज जस्तो नागरिक आए केहिन केही विकासको मुहार फेरिनेमा आसावादी देखिएका छन् ।

लामो समय राजनिति राजनिति भन्दै हिडेका तर समाजको बिकासको लागि कुनै पनि काम नगरेका नागरिक अध्यक्षमा आउनु भन्दा समाजमा केही न केही काम गरेका नागरिक आउनु गाउँपालिकाको लागि राम्रो हुँनेमा धेरैको बिस्वास रहेको छ ।

गाउँपालिकाले सिफारिस गरेका ७ जना मध्ये एमाले अदानचुलीको लागि महतारा बलियो उम्मेदवार रहेको केही नेताहरुले बताउँदै आएका छन् । उनले भने यदी पाटीले बिश्वास गरेर टिकट दिएको खण्डमा गाउँपालिका भित्रका अधिकांश शिक्षित नागरिकले आफुलाई भोट दिएर जिताउँने छन् ।

किनकी मैले समाजको लागि केही गर्न नसके पनि ठुलठुला घटना परिघटनालाई सहज रुपमा समाधान गर्ने र सँधै समाज विकासको लागि सकारात्मक सोचको बिकास गर्ने काम तिर अग्रसर छु र सबै पाटीका आकांक्षीहरु मध्ये आफु योग्य रहेकाले पनि आफुलाई कुनै पनि पार्टीका शिक्षित नागरिकहरुले बिश्वास गर्ने बताए ।

पत्रकारिता र कानूनमा मास्टर डिग्री गरेका महतारा पछिल्लो समय निरन्तर राजनितिमा लागेका छन् उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा कर्णाली अञ्चल ईन्चार्ज र अहिले प्रेस चौतारी नेपाल अनुशासन आयोगका केन्द्रीय अध्यक्ष समेत रहेका छन् । वैशाख ३० को निर्वाचनमा कर्णाली प्रदेशका ६ जना पत्रकार विभिन्न राजनितिक दलबाट उम्मेदवारमा सिफारिस भैसकेका छन् ।

एमालेबाट पत्रकार नवराज महतारासहित अदानचुली गाउँपालिकाको अध्यक्षमा ७ जनाको सिफारिस

एक रोपनी जग्गामा रहेको अबैध अफिम खेती

एमालेबाट पत्रकार नवराज महतारासहित अदानचुली गाउँपालिकाको अध्यक्षमा ७ जनाको सिफारिस

बेवारिसे अबस्थामा अबैध भरुवा बन्दुक फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *