एकीकृत समाजवादीको टोलटोलमा कमिटी

बसन्त कुमार शर्मा
सल्यान, ७ चैत्र ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी यतिबेला देशमा हुने आगामी निर्वाचनको तयारीको लागि आफ्नो पार्टी बलियो बनाउदै सुदृढ सहकार्य गर्न । कुमाख गाउँ पालिका विभिन्न टोलमा टोलकमिटीका सयोजक र सहयोजक संगै १९ देखि २५ जनाको टोल सदस्य गठन गरेको अध्यक्ष नर बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
हालसम्म कुमाख गाउँपालिका विभिन्न टोलहरुमा गएर जनताको मर्मा बुझ्दै अगाडि बढ्न यो कार्यक्रम गर्न लागेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य कुमाख गाउँपालिका अध्यक्ष शेर बहादुर रावतले जानकारी दिनुभयो ।
त्यस्तै युवाहरूको मनोभावना बुझ्दै आफ्नो पार्टीमा युवाहरुको जनलहर लागेको म खुशी भएको आगामी दिनमा युवाको साथ र सहयोग गर्दै जनमैत्री सेवा र सहकार्य गर्दै युवाको नेतृत्वबाट अब छिटै गाउँ समाज र कुमाखमा उज्यालो अभियान सञ्चालन गर्दै गाउँका कुन कन्दरामा बिद्युत सूचना र सञ्चारको पहुँच पुरयाउने युवा संघ नेपाल प्रदेश कमिटी सदस्य राम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।







