मृतक घरपरिवारलाई निर्धनको वीमा रकम हस्तान्तरण

दुर्गा विसी
सल्लीबजार, ७ चैत्र ।
सल्यान सल्लिवजारमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले शिवालय–१ सिस्ने जाजरकोटका दलित परिवारलाई विमा क्षती रकम हस्तान्तरण गरेको छ ।
सल्लीवजारमा रहेको निर्धन उत्थानको पुरानो र पहिलो वित्तीय संस्थाले जाजरकोट शिवालय सिस्नेका चैतीदेवि बाँठा र अर्को मृतक पैली कामीलाई सो रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।
वीमा रकम मृतककी श्रीमति पबित्रा कामीलाई १४ हजार र मृतक चैति बाँठाको वीमा रकम उनको श्रीमान् नन्दे बाँठालाई एक लाख ६२ हजार ५ सय रकम घरमै पुगी हस्तान्तरण गरिएको छ ।
निर्धनले आफ्ना सदस्य घरपरिवारबाट १२ पास १ छोरा र १ छोरीलाई पनि वर्षेनि छात्रवृत्ति प्रदान गर्दै आएको छ । वीमा क्षति रकम हस्तान्तरणमा वडा अध्यक्ष मानवहादुर पुन, निर्धन उत्थानका शाखा प्रमुख निमवहादुर घर्तीको टोलीले मृतकका घरमै पुगि आफ्न्तलाई सो वीमा क्षति रकम हस्तान्तरण गरिएको जनाएको छ । शाखा प्रमुख घर्तीले नियमाअनुसार पाउनुपर्ने सो रकम मृतकको घर परिवारलाइ हस्तान्तरण गरिएको बताउनुभयो ।





