माओवादी छाडेका विष्ट किन एमाले प्रवेश गरे ?

सुर्खेत, ७ चैत्र ।
नेकपा माओवादी केन्द्रका नेता ठम्मरबहादुर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । कर्णाली प्रदेशसभामा माओवादीको प्रमुख सचेतक रहेका उनले केहीदिन अघिमात्र माओवादीबाट अलग भएको घोषणा गरेका थिए ।

माओवादी र प्रदेश सांसद पदबाट गत फागुन २७ गते राजीनामा दिएका बिष्टलाई एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार एमालेमा प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गरेका बिष्ट २०७४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नं १ (क) बाट निर्वाचित भएका थिए । माओवादीको तर्फबाट निर्वाचित भएका उनले केहीदिन अघिमात्र सांसदबाट पनि राजीनामा दिएका थिए । एमसीसी सम्झौता संसदबाट पारित भएपछि उनले माओवादी त्यागेको बताएका थिए ।

विष्टसहित एकसय ५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेको दाबी छ । यसअघि राजीनामा दिएपछि माओवादी संसदीय दलको बैठकले बिष्टलाई राजीनामा फिर्ता लिन तीन दिनको समय दिएको थियो । तर बिष्टले राजीनामा फिर्ता लिन मानेनन् ।

बिष्ट एमालेमा प्रवेश गर्ने सूचना पाएपछि माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आइतबार विहान मात्र उनलाई दलको सदस्यबाट निलम्बन गरेका थिए । बिष्ट पछिल्लो समय प्रदेश सरकारको मन्त्री नबनाइएकोमा असन्तुष्ट थिए ।

माओवादी छाडेका विष्ट किन एमाले प्रवेश गरे ?

पहिलो भेटमै मन परयो

Leave a comment

Your email address will not be published. Required fields are marked *