गरिवका दर्दः भत्किन लागेको घरमा पन्त वडाध्यक्षले दिए राहत

दिपेन्द्र शर्मा
जाजरकोट, ४साउन ।
नलगाड नगरपालिका– ४, सिस्नेरीकी ३५ बर्षिया सुनिता विकलाई यतिवेला दैनिक छाक टार्नै मुस्किल भएको छ । चार छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ । एक बर्ष अघि भारतको बागेश्रमा पैसा कमाउन जादा श्रीमानको मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि सुनिता १२ बर्षपछि घर फर्केकी छन् । छोरा सुन्दर, सुनिल र छोरी पूनम र राधिका साथमा छन् ।
उनीहरुलाई अहिले दैनिक गुजरा चलाउनै मुस्लिक छ । अहिले उनी भत्केको घरमा जोखिम मोलेर बसेकी छिन् । श्रीमानको मृत्यु भैइसक्यो, उनी भन्छिन, ‘चार जना छोराछोरी कसरी पाल्ने, खाने एक मुठी अन्न छैन, बस्ने घर पनि भत्केको छ ।’ यसैवीच नलगाड नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्त सोमबार घरमै पुगेर ३० किलो चामल दिएका छन् ।

सुनिताको अवस्थाबारे जानकारी पाएपछि घरमै पुगेर चामल सहयोग गरेको वडाध्यक्षले चामल दिएको वडासचिव सुरेन्द्र रावलले बताए । सुनितालाई घर छुने टिनसहित थप राहतको लागि पहल गर्ने प्रतिवद्धता पनि गरिएको पनि उनले बताए । दुखमा परेका जनतालाई वडा सरकार हेर्छ अध्यक्ष पन्तले भने, ‘तपाइहरुको सेवाकै लागि वडा सरकार छ, चिन्ता नलिनु होला, समस्या पर्दा खवर पाउँ वडा सरकारले सहयोग गछौ । ’पहिले वडा अध्यक्ष पन्त लामो समय पत्रकारिता मै पनि धेरै समाज सेवा काम गर्दै आएका हुन ।





