पछिल्लो २४ घन्टामा देशभर थप ३५७ जनामा कोरोना भाइरस संक्रमण

काठमाडाै ,४ साउन ।
पछिल्लो २४ घन्टामा देशभर थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार परीक्षण गरेको दश प्रतिशत अर्थात् ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तीन हजार ९८१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ५६२ जनाको पिसिआर र एक हजार ४१९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर दुई हजार २७६ जना सक्रिय संक्रमित छन् । ४६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।






