हैजाको संक्रमण रोक्न ‘इपीडीमीयोलोजिकल इन्भेस्टीगेसन’ गर्न माग

काठमाडौं, ६ असार ।

काठमाडौंमै हैजा देखिएपछि विज्ञहरुले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् । नेपाल जनस्वास्थ्य संघले हैजाबाट बच्न स्वस्छ पानी र व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरेको छ। संघका अध्यक्ष बसन्त अधिकारीले हैजाको महामारीबाट धेरै व्यक्तिहरुलाई एकैपटक संक्रमण भई ज्यानसमेत जान सक्ने भएकोले यसबाट बच्न स्वस्छ पानी र व्यक्तिगत सरसफाईको व्यवस्थापन अति जरुरी रहेको बताए ।

संघले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि उमालेको वा क्लोरिन प्रयोग गरिएको खानेपानीको प्रयोग गर्ने, दिसापिसाब पछि र खाना खानुअघि अनिवार्य रुपमा साबन पानीले हात धुने,फलफूल तथा नपकाई खाने खाने कुरालाई सफा पानीले पखालेर मात्र खाने, बासी खानेकुरा नखाने, होटेल रेस्टुरेन्टमा खाना पकाउने र सेवा दिने सबै व्यक्तिले हात सफा गर्ने लगायतका व्यक्तिगत सरसफाई गर्न तथा कसैलाई झाडापखालाको लक्षण देखिना साथ नजिकको स्वस्थ्य संस्था वा अस्पतालमा जानुहुन सम्पूर्णमा यस संघ अनुरोध गर्दछ ।

साथै यस रोगको संक्रमण रोक्न यसको इपीडिमीयोलजीकल इन्भीस्टीगेसन तत्काल सुरु गरी रोगको कारक तत्व पत्ता लगाई जनचेतनामुलक रोकथामका उपायहरु अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको छ ।

हैजा फैलन सक्ने सम्भावित कारक तत्वहरुको नियन्त्रण गर्न उपत्यकाको खानेपानीको, बजारका जार तथा बोतलका पानीहरुको नमना परिक्षण गर्ने, होटल, रेस्टुरेन्ट तथा बजारमा पाइने खानेकराको गुणस्तर नियन्त्रण गर्ने तथा उपत्यकाको फोहोरको अबिलम्ब व्यवस्थापन गर्न संघको माग छ ।

स्रोत : अन्नपुर्ण

हैजाको संक्रमण रोक्न ‘इपीडीमीयोलोजिकल इन्भेस्टीगेसन’ गर्न माग

इन्धनमा मूल्यवृद्धि पछि पनि निगम मासिक ४

हैजाको संक्रमण रोक्न ‘इपीडीमीयोलोजिकल इन्भेस्टीगेसन’ गर्न माग

दक्षिण एसियाली करातेमा नेपाल च्याम्पियन

Leave a comment

Your email address will not be published. Required fields are marked *