दक्षिण एसियाली करातेमा नेपाल च्याम्पियन

काठमाडौं, ६ असार ।

भारतमा सम्पन्न दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाली टिम च्याम्पियन बनेको छ । राजस्थानको जयपुरमा सम्पन्न प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो। कुमेततर्फ उमेर समूहबाट वर्षा केसी, झरना केसी, एन्जिला राई, शर्मिला वाइवा, सुरोज राजबाहक, साहिल घलेले स्वर्ण पदक जिते ।

यस्तै ४५ केजी तौल समूहमा पुष्पा लामा, ५० केजीमा वर्षा बुढा मगर, ६८ केजीमा एरिका गुरुङ, ५५ केजीमा साजन बल र ६० केजीमा सन्तोष श्रेष्ठले स्वर्ण पदक जितेका छन् । काता विधामा सुरेन्द्र तामाङले स्वर्ण पदक जितेका छन्। यस्तै कुमेततर्फ उमेर समूहमा रुपक श्रेष्ठ र ५० केजी तौल समूहमा सम्मन श्रेष्ठले रजत पदक जितेका छन् ।

यसैगरी ६७ केजी तौल समूहमा सुरेन्द्र तामाङ र ८४ केजी तौल समूहमा सञ्जय महर्जनले कास्य पदक जितेका छन् । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका खेलाडीले भाग लिएका थिए भने नेपालबाट ७ महिला र ९ पुरुषसहित जम्मा १६ खेलाडीहरुले विभिन्न बिधामा प्रतिस्पर्धा गरेको टिम ब्यवस्थापक तथा वादोकाइ कराते डो संघ नेपालका उपाध्यक्ष सन्जय महर्जनले बताए।

उक्त प्रतियोगितामा प्रशिक्षकमा विकाश राजबहाक, अफिसियल र ब्यवस्थापनमा पुरुशोतम महर्जन , राजेन्द्र कर्मचर्य तथा नवीन महर्जन र गोबिन्द श्रेष्ठले रेफ्रीको भूमिका निभाएका थिए ।

स्रोत : अन्नपुर्ण

दक्षिण एसियाली करातेमा नेपाल च्याम्पियन

एसओएसमा बालबालिकाको स्वास्थ्य परीक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *