इन्धनमा मूल्यवृद्धि पछि पनि निगम मासिक ४ अर्ब ७० करोड घाटामा

काठमाडौं, ६ असार ।

गएराति १२ बजेदेखि इन्धनको मूल्यमा भारी वृद्धि गरेको नेपाल आयल निगमले अझै पनि ठूलो घाटा रहेको जनाएको छ । बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । योमध्ये खाना पकाउने एलपी ग्यासबाट सबैभन्दा धेरै २ अर्ब २८ करोड नोक्सानी पर्ने निगमले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

खाना पकाउने ग्यासमा हाल प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । त्यस्तै अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा नोक्सानी रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर ४३ रुपैयाँ तथा हवाई इन्धनमा (आन्तरिक) १३ रुपैयाँ ६१ पैसा र वाह्य हवाई इन्धनमा ५६ रुपैयाँ ६७ पैसा नाफा छ ।

निगमले पेट्रोलियम पदार्थको खपत सकेसम्म कम गर्न पनि आग्रह गरेको छ । गएराति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल÷मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ ।

स्रोत : कान्तिपुर

इन्धनमा मूल्यवृद्धि पछि पनि निगम मासिक ४ अर्ब ७० करोड घाटामा

कर्णालीबाट वडाध्यक्षमा निर्वाचीत पुरुष ६८५,महिला ५

Leave a comment

Your email address will not be published. Required fields are marked *