कर्णालीबाट वडाध्यक्षमा निर्वाचीत पुरुष ६८५,महिला ५

सुर्खेत, ६ असार ।
कर्णाली प्रदेशमा ७२ जना महिला उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसमध्ये ५ जनाले मात्र विजयी प्राप्त गरेका छन् । जबकी कर्णाली प्रदेशमा ६८५ जना पुरुष उम्मेदवार निर्वाचित छन् ।
विजयी प्राप्त गर्ने मध्ये नेपाली कांग्रेसका र माओवादी केन्द्रका २्२ र एकीकृत समाजवादीका १ जना रहेका छन् । निर्वाचित महिलामा सल्यान जिल्ला दार्मा गाउँपालिका वडा न. ६ र शारदा नगरपालिका वडा न.३ मा माओवादी केन्द्रकी देवी खत्री र नेपाली कांग्रेसकी तुल्सा भण्डारी निर्वाचित छन् ।

त्यस्तै मुगु छायाँनाथ रारा नगरपालिका ११ मा एकीकृत समाजवादीकी कुन्जम कुमाई, जारजकोट जिल्ला जुनीचाँदे गाउँपालिका वडा ६ मा कांग्रेसकी लक्ष्मीदेवी शाह र सोही जिल्ला नलगाड नगरपालिका १० बाट माओवादी केन्द्रकी अनिता रोकाया छन् ।





