बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं, ६ असार ।

नेपाल एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै अन्तिम चारमा प्रवेश गरेको हो ।
वर्षाको कारण ढिला सुरु भएको खेललाई ७ओभरमा छोट्याइएको थियो ।

किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनयाो । बहराइनकी ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालका लागि कविता कुँवर र सवनम राईले २÷२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन् ।

१५ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै ३ दशमलव ४ ओभरमा पूरा गर्यो। सीता रानामगरले ४ र कविता जोशीले ३ रन जोडिन् । नेपालले अतिरिक्त ८ रन पाएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।  यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ । स्रोत : कान्तिपुर

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

कति पुग्यो डलर र रियालको भाउ ?

कर्णालीमा जिससको नेतृत्व एमाले – समाजवादी बराबर

Leave a comment

Your email address will not be published. Required fields are marked *