नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको घोषणा

काठमाडौं,२ साउन ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको घोषणा गरिएको छ । क्यानले सोमबार चार टोलीको नाम सार्वजनिक गरेको हो । लिगमा ६ टोलीको सहभागिता रहने र बाँकी दुई टोलीको घोषणा र मालिक छिट्टै सार्वजनिक गरिने क्यानले जनाएको छ ।

क्यानले कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ । सोमबार सेभेन थ्री स्पोर्ट्सले नै चार टोलीको नाम सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको टोलीको मालिकमा एक नेपाली, एक अमेरिकन र दुई भारतीय रहेका छन् ।

टोलीहरुमा कान्तिपुर क्यापिटल र यसको मालिकमा महेश स्वार, लुम्बिनी अल स्टार र यसको टोली मालिकमा अमेरिकी सञ्जय शर्मा, विराटनगर सुपरकिंग्स र यसको मालिकमा भारतीय विक्रम यादव तथा जनकपुर रोयल्ससँग गोल्ड स्पोर्टस् र यसको माकिमा भारतीय गौरीशंकर धमानी रहेका छन् ।

क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक टी–२० लिग भएको दावी गर्दै आएको छ । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि मान्यता दिईसकेको छ ।

स्रोत :  गोरखापत्र

नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको घोषणा

जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट

नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको घोषणा

राष्ट्रिय सेवा दल तालिमको प्रथम प्रवचन सञ्चालन

Leave a comment

Your email address will not be published. Required fields are marked *