जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता

हुम्ला,२ साउन ।

जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता गएको पाइएको छ । सिमकोट गाउँपालिका –४ को उच्च जोखिममा रहेको स्याम्ने गाउँको बस्ती बिस्तारका लागि आएको बजेट फिर्ता गएको हो ।

गाउँका स्थानीय बिकास महतले बस्ती विस्तारका लागि आएको बजेट फिर्ता गएको बताए । सो गाउँ स्याम्ने खोलाको किनारमा रहेको कारण पटक पटक पहिरो गइरहने भएका कारण जोखिममा छ । २०७० सालमा पहिरोले मानवीय क्षति नभए पनि भौतिक क्षति गरेको थियो । त्यसपछि गाउँवासीले बस्ती विस्तारको माग राख्दै आएकाक थिए ।

स्थानीयले जग्गा ब्यवस्था गर्न नसक्नुु र डीपीआरअनुुसार घर बनाउने बजेट पनि कम भएको कारण बस्ती बिस्तार नभई बजेट फिर्ता गएको बताए । उनले घर निर्माणका सामग्री महँगो पर्ने तर केही लगानी सेवाग्राहीले गर्न नसक्ने भएका कारण बजेट फिर्ता पठाउनुुको अर्को विकल्प नभएको बताए । स्याम्नेबासीको चाहना जग्गा खरिददेखि घर निर्माण सरकारले नै गरिदेओस् भन्ने थियो ।

कार्यक्रम परे पनि अपुुग बजेट भएकाले स्याम्नेबासीहरु बाढी पहिरोको डरमा बस्नुुपर्ने बाध्यता हट्न सकेन । सिमकोट गाउँपालिकाको कार्यालयका सबइन्जिनियर सुुवास भण्डारीले सङ्घीय सरकारको उच्च हिमाली बस्ती विस्तारका लागि आएको एक करोड पचास लाख रुपियाँको बजेट काम हुन नसकेपछि फिर्ता गएको बताए ।

उनले उक्त बस्तीका १८ घरधुरीका लागि प्रतिघर पाँच लाख ३३ हजार बजेट विनियोजित भएकोमा काम हुन नसकेपछि फिर्ता गएको बताए । बस्ती विस्तारको डीपीआरअनुुसार डीपीसीसहितको घर निर्माण हुनुुपर्ने थियो ।

स्रोत : गोरखापत्र

जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता

नेपालमा कोरोना सङ्क्रमण दर दैनिक बढ्दै

जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता

नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको

Leave a comment

Your email address will not be published. Required fields are marked *