दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक दुर्घटना

सुर्खेत, ४ असार ।

दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक आज बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ ।

प्रहरीका अनुसार दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो । साथै उक्त ट्रक चालक र सह–चलाक ट्रक भित्र च्यापिएको उद्धार भईरहेको प्रहरीको भनाई रहेको छ । हाल उनिहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक दुर्घटना

हामी बारम्बार लोडसेडिङ भोगिरहेका छौं

दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक दुर्घटना

शंकाले परिवारको सम्बन्ध विगार्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *