सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील

वीरेन्द्रनगर, ६ फागुन ।
आसन्न स्थानीय तहको निर्वाचमा सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिको टोलीले विभिन्न स्थानीय तहमा पुगेर पायक पर्ने स्थानहरूको छनोट र संवेदनशीलताबारे अध्ययन गरेको हो ।

सुर्खेतमा आगामी निर्वाचनका लागि १ सय ३८ मतदान स्थल तोकिएको र मतदानस्थलमा ४ वटै सुरक्षा निकायले सुरक्षा, व्यवस्थापन र समन्वय गरी सुरक्षा बन्दोबस्त मिलाउने छन ।

सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले ७६ वटा स्थल संवेदनशील र ३३ वटा स्थल सामान्य रहेको बताए । उनका अन्सुार निर्वाचनका लागि मतदान स्थल र केन्द्र उपयुक्त स्थानमा छन् या छैनन् भन्नेमा पनि सुरक्षा निकायको टोलीले अध्ययन थालेको छ ।

संवेदनशील भएका स्थानहरूमा कस्तो सुरक्षा व्यवस्थापन मिलाउने भन्नेबारे स्थानीय तहसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार सिम्ता गाउँपालिकामा १४ स्थलमा २२ वटा केन्द्र छन् ।

त्यसमध्ये ९ वटा अति जोखिमपूर्ण छन् । ‘स्थानीय तहमा मतदान स्थल थप हुँदैन,’ उनले भने, ‘बरु जनसंख्याको आधारमा मतदान केन्द्र थप गर्न सकिन्छ ।’ उनले यसपटकको निर्वाचनमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत नै निर्वाचन अधिकृत हुने सम्भावना रहेको जानकारी दिए ।

सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील

सीता परियार बनिन दलित समुदायबाट महिला सीडीओ

सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील

श्रमिक अस्पताल निर्माणलाई सैद्धान्तिक सहमति

Leave a comment

Your email address will not be published. Required fields are marked *