मुक्तक : तीन मुक्तक

प्रतीक वस्नेत

सुर्खेत,२ पाैष ।

१. मेरो हुन्नस भने, तँलाई कसैको
नि हुन दिन्न
मलाई छुन दिन्नस भने, कसैलाई नि
छुन दिन्न
सासू आमा पो परिछ क्यारे,
थर्काइदिए फोनमा
मलाई चुमेका ती ओठ, कसैलाई नि
चुम्न दिन्न ।

२ . धेरै पछि केही लेखुँ, केही गरूँ
झैं लाग्यो
तिम्रै घरको पल्ला पट्टि डेरा सरूँ झैं
लाग्यो
कत्ति बस्नु तिमी बिना यो ठण्डी यो
लेकमा
झट्टै, यो लेक छाडी, बेसी झरूँ झैं
लाग्यो
३. छौंसँगै हामी, यो साँझ पनि
आत्तिएको छ
सामिप्यमा हाम्रो जुनेली रात
मात्तिएको छ
कामुक तिम्रो संदेशले प्रिय
चिस्सो बिहानी झन् धेरै तात्तिएको छ

मुक्तक : तीन मुक्तक

कविता : म अर्थात गरिब

मुक्तक : तीन मुक्तक

YUGAAWHAN NATIONAL DAILY (2079-09-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *