कर्णालीले स्वर्णको खाता खोल्यो, दुर्गा बुढाले ३ हजार मिटर स्टिपल चेजमा जिते स्वर्ण

सुर्खेत,३१ असोज ।
नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले पहिलो स्वर्ण जितेको छ। एथ्लेटिक्सको ३ हजार मिटर स्टिपल चेजमा कर्णाली प्रदेशका दुर्गबहादुर बुढाले स्वर्ण जितेका हुन्। भारतीय सेनामा कार्यरत बुढालाई खेलाएको विषयमा विभागीय टिमले विरोध गरे पनि उनले प्रतिस्पर्धामा भाग लिएका हुन्।

स्वर्ण जित्ने क्रममा उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दौड पूरा गरे। रजत पदक जितेका एपिएफका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा निर्धारित दूरी पार गरे। आर्मीका सुवास कार्कीले कास्य पदक हात पारेका छन्। उनले ९ मिनेट २२.१५ सेकेन्डमा दौडिए।
mस्वर्णसँगै आफू पहिलो हुनेमा आत्मविश्वासी रहेको उनले बताए। जागिरको लागि भारतीय सेनामा काम गर्नु आफ्नो बाध्यता रहेको बताएका दुर्गाले नेपालले खेलाउन चाहेको खण्डमा भारतबाट अनुमति लिएर आउने बताए ।
साथै १३औं सागमा आफूलाई २ महिनाअघि बोलाएको र जागिरका कारण आउन नसकेको उनको भनाइ छ। उनले भातरबाट एसियन च्याम्पियनसिप खेलेका थिए ।
सेतोपाटी





