जुम्ला–कालिकोट जोड्ने हिमा नदीको पक्की पुल चर्कियो

सुर्खेत, १ साउन ।

जुम्ला र कालिकोट जोड्ने हिमा नदीको सिंजाखोला पुल निर्माण सम्पन्न नहुँदै चर्किएको छ । पुलको निर्माण कार्य ढलानसमेत नहुँदै चर्किएर खतरा अवस्थामा पुगेको हो । पुल निर्माणको क्रममा पुल चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको थियो । सिंजाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको इन्जिनियर शर्माले जानकारी दिए । यो वर्ष पुल संचालनमा ल्याउने तयारी थियो । तर, प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ ।

सड्क डिभिजन कार्यालयले पुल निर्माणमा कमसल सामग्री प्रयोग नभएको दाबी गरेको छ। निर्माण सम्पन्न नहुँदै पुल चर्किएपछि स्थानीय त्रसिद भएका छन् । सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज पुल जीर्ण भइसकेको छ । सो पुल निर्माण निर्माण भएपछि चाँडै गाडी गुडाउने सपना फेरि धकेलिएको छ ।

जुम्ला कर्णालीको साविक राजधानी पनि हो । सडक संजाल जोडिएपछि नेपालगञ्ज सुर्खेतबाट बाक्ला मात्रामा सवारी साधन, मालवहाक साधन र पर्यटक भित्रिने गरेका छन् । तर, पुल निर्माण समयमा नहुँदा जीर्ण बेलिब्रिज पुल जोखिम भएकाले चाँडै बनाउन स्थानीयको दबाब छ ।

स्रोत :  गोरखापत्र

जुम्ला–कालिकोट जोड्ने हिमा नदीको पक्की पुल चर्कियो

पाइप जडान नगरेर ४३ लाख भुक्तानी

जुम्ला–कालिकोट जोड्ने हिमा नदीको पक्की पुल चर्कियो

एक आर्थिक वर्षमा एक हजार ७४० वटा

Leave a comment

Your email address will not be published. Required fields are marked *