मोटरसाईकल र स्कुटी ठोक्किँदा ३ घाइते

सुर्खेत, ५ फागुन ।
वीरेन्द्रनगर–४ कुमाईचोकस्थित भित्रि सडक खण्डमा विपरित दिसाबाट आएका दुई साधन ठोक्किएका छन् । लु ७५ प २२६० नम्बरको स्कुटी र बा ७८–९९८३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन ।
मोटरसाइकल र स्कुटी ठोक्किदा स्कुटी चालक वीरेन्द्रनगर–८ बस्ने बर्ष २५ का लक्ष्मण रोकाय, मोटरसाइकल चालक र सवार वीरेन्द्रनगर–८ का ३१ बर्षिय हेमन्त ढुङ्गाना, ३४ बर्षिय कमल गिरी घाइते भएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर–४ को अस्थायी प्रहरी पोष्ट चिरोड्याम सुर्खेतबाट घटना स्थलमा प्रहरी टोली खटिई घाईतेहरुको उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल पठाइएको र दुवै सवारी साधन नियन्त्रणमा लिएको जनाइएको छ ।





