लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

सुर्खेत, ५ फागुन ।
वीरेन्द्रनगर न.पा.–१२ एयरपोर्ट नजिकबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेको बर्ष ३१ का चन्द्र बहादुर रानालाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो ।
ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ९ क्वाटर २ पुडिया लागुऔषध बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालय सूचना डेस्कले जानकारी दिएको छ ।






