डेढ बर्षदेखि बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

दुर्गा विसि
सल्लीबजार, ५ फागुन ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाबाट एक बालक डेढ बर्षदेखि बेपत्ता रहेका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ घाटगाउँ निवासी मनोज बुढाका १६ बर्षिय छोरा अमर बुढा विगत एक बर्षदेखि परिवारको सम्पर्क विहिन भएका छन् ।
बालक एकाएक घरपरिवारकाे सम्पर्क विहिन, बेपत्ता भएपछि परिवारले खोजीका लागि सबैतिर सहयोगको आग्रह गरेका छन् । ‘छोरो हराएको पनि ठ्याक्कै १६ महिना भयो । गाउँघर, आफ्न्त, छरछिमेकी सबैतिर खोजी गरिसक्यो तर केहि पत्तो लाग्दैन । केही अत्तो पत्तो लाग्दैन’ बालकका बुवा मनोजले भने ‘भारतमा गएको भएपनि गाउँघरका कसैले देख्यौ, सुन्यौ भनि खबर आउँथ्योे, यता पनि धेरै भयो आफ्नतहरुमा सोधिखोजि गर्न लगाएका छौ ।’
छोरा धेरै लामो समय पछि घरपरिवारको सम्पर्क नआएपछि उनको परिवार आत्तिएको छ । यतिखेर सबैलाई छोराको सोधिखोजि गरिदिन आफन्तले सबैसँग अपिल गरेका छन् । उक्त व्यक्ति भेटी वा पहिचान भए भारती मोबाइल नम्बर ९०७५५७०५५४÷९८२९६७९८६३ नम्बर जानकारी दिन घरपरिवारको सबैलाई आग्रह गरिएको छ ।






