एमाले भक्तपुरका नेता काफ्ले एकीकृत समाजवादीमा प्रवेश

भक्तपुर, ५ फागुन ।
नेकपा एमाले भक्तपुरका नेता दामोदर काफ्ले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नेपाल (एमाले) मा व्यक्तिवादी प्रवृत्ति, अहंकारवाद, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद हावी भएको भन्दै बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमै आएर काफ्ले प्रवेश गरेका हुन् ।

एमालेमा रहेर ०६७ मा नगर कमिटी हुँदै जिल्ला कमिटीको जिम्मेवारीसमेत बहन गरिसकेका उनले अब एमालेमा कम्युनिष्ट चरित्र नरहेको भन्दै कार्यकर्ताहरुलाई अलमल नगर्न र सहि निति विचार र सिद्धान्त अंगिकार गरेको एकीकृत समाजवादीमा आवध्द हुन अनुरोध गरे ।

नवप्रवेशी काफ्लेलाई नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.बेदुराम भुसालले खादा र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम वस्नेत र सचिव पुरुषोत्तम लामिछानेको उपस्थिति रहेको थियो ।

एमाले भक्तपुरका नेता काफ्ले एकीकृत समाजवादीमा प्रवेश

डेढ बर्षदेखि बालक बेपत्ता, खोजी गरिदिन परिवारको

एमाले भक्तपुरका नेता काफ्ले एकीकृत समाजवादीमा प्रवेश

ब्राजिलमा भारी वर्षापछि आएको बाढी–पहिरोले कम्तीमा ९४

Leave a comment

Your email address will not be published. Required fields are marked *