ब्राजिलमा भारी वर्षापछि आएको बाढी–पहिरोले कम्तीमा ९४ जनाको मृत्यु

समाचार एजेन्सी
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो ।
अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी एकैदिन परेपछि पहिरो आएको र डुबान भएको हो । बाढी–पहिरोमा परी केही घरहरू भत्किएका छन् भने सडकमा भएका सवारी साधन बगेर गएका छन् । मानिसहरूले विद्यालयमा आश्रय लिइरहेका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
पछिल्लो डिसेम्बरदेखि ब्राजिलमा भारी वर्षाका घटनाहरू धेरै हुने गरेका छन् । रूस भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सामाजिक सञ्जालमार्फत् आफूले पेट्रोपोलिसका पीडितलाई राहत दिन भनेको जानकारी दिएका छन् ।






