बिहीबार सुन–चाँदीको मूल्य वृद्धि

काठमाडौं, २ असार ।
बिहीबार सुन–चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोत ः सेतोपाटी






