बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते

दिपेन्द्र शर्मा
नलगाड, २ चैत्र ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ नेटा बाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखा को भे १ च २००७ नम्बर को एम्बुलेन्स भेरी नगरपालिका–२ पुरानो रिसाङ्ग नजिकै दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार नेटाबाट चौरजहारी उपचारका लागि बिरामी लिन लागेको एम्बुलेन्स दुर्घटना परेको हो । घाइतेहरुको अबस्था सामान्य रहेको प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुलाई अर्को एम्बुलेन्स लिएर उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याईएको प्रहरी सञ्चार शाखाले जनाएको छ ।






