गाउँघर पुग्यो चुनावी माहोल

जाजरकोट,२९ असोज

आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि दलका नेता र कार्यकर्ता उम्मेदवारसहित चुनावी अभियानमा जुटेका छन्। प्रदेश र प्रतिनिधि सभाका सिट आफ्नो पक्षमा पार्न उम्मेदवारसहित नेता कार्यकर्ता गाउँटोलको भेटघाटमा लागेका हुन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ भने नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लै मैदानमा उत्रिएका छन्। पाँच वर्षदेखि गाउँ नछिरेका नेता उम्मेदवारी दिएसँगै आफ्नो पक्षमा जितको माहोल बनाउन जनतामाझ जान थालेका छन्।

नेकपा (एमाले)ले गाउँ अभियान थालेको छ। सत्ता गठबन्धन दल वाम लोकतान्त्रिकका नेता कार्यकर्ता पालिकास्तरमा प्रशिक्षणको कार्यक्रम तय गरेर गाउँ अभियानमा जान थालेका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेत, नेकपा (एमाले)का केन्द्रीय सदस्य निरज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक खनाल, नेपाली कांग्रेस बीपीबाट झलकनाथ वाग्ले, स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धन दलले सातवटै पालिकाका अगुवा कार्यकर्ता, भ्रातृ सङ्गठनसँग पालिकास्तरीय कार्यक्रम गर्ने भएको छ। वाम लोकतान्तिक गठबन्धनअन्तर्गतका दलले अगुवा कार्यकर्तासँग छलफल गर्ने भएको छन्।

भेरी नगरपालिकाका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नगरस्तरीय अगुवा कार्यकर्तासँग असोज २९ गते जिल्ला समन्वय समितिको सभा हलमा, नलगाड नगरपालिकाको दल्लीमा ३० गते, बारेकोट गाउँपालिकाको लिम्सामा ३१ गते, कुशे गाउँपालिकाको भार्मामा कात्तिक २ गते, जुनीचाँदे गाउँपालिकाको विरोखोलामा कात्तिक ६ गते, छेडागाड नगरपालिकाको मनघाटमा ५ गते, शिवालय गाउँपालिकाको सीमामा ४ गते पालिकास्तरीय चुनाव परिचालन समिति गठन गरिने नेपाली कांग्रेसका सहसचिव छवि पन्तले जानकारी दिए ।

जाजरकोटमा प्रदेश सभाका लागि नेपाली कांग्रेसले दुईवटा क्षेत्र पाएको छ भने नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा सदस्यको सिट पाएको छ। सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेत प्रतिनिधि सभामा र नेपाली कांग्रेसका वेदराज सिंह प्रदेश सभा (क) र केन्द्रीय सदस्य राजीवविक्रम शाह प्रदेश सभा (ख)को उम्मेदवार बनेका छन् ।

गोरखापत्र

गाउँघर पुग्यो चुनावी माहोल

गुर्भाकोटमा बेवारिसे शव फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!