गुर्भाकोटमा बेवारिसे शव फेला

दिलिप ढकाल
गुर्भाकोट,२८असोज ।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा बेवारिसे शव फेला परेको छ। नगरपालिकाको वडा नम्बर ८ खटाङ्ग स्थित भेरिनादी किनारमा अन्दाजी बर्ष ३०-३५ को पुरुष को शव फेला परेको हो। शुक्रबार दिउसो भेरी नदीको छेउमा गएका स्थानीयले बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खबर पाउने बित्तिकै मेहेलकुना प्रहरी चौकी बाट प्रहरीको टोलि शव भेटिएको ठाउमा पुगेको थियो। शव धेरै दिन पहिले देखि भेरी नदीले बगाउदै ल्याएको तथा शव सडीसकेको अबस्थामा भेटिएको मेहेलकुना प्रहरी चौकीले जनाएको छ। हाल बेवारिसे शव लाई पोस्टमार्टम को लागी मेहेलकुना अस्पतालको शव गृहमा राखिएको बताइएको छ।





