सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि पहल गर्नेछु

हर्षविक्रम खड्का
अध्यक्ष पदका उम्मेदवार
तपाइँको उम्मेदवारी किन ?
वर्तमान नेतृत्वले व्यवसायीको पक्षमा काम गर्न सकेन । जिल्लाका उद्योगी, व्यवसायीको एकता र उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा थलो बनाउनका लागि मेरो उम्मेदवारी हो ।
तपाइँका मुख्य एजेन्डा के हुन् ?
संघको सचिवालयलाई सबैको साझा बनाउँछु । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारणलाई छिटोभन्दा छिटो सञ्चालमा ल्याउन पहल गर्छु । सुर्खेत विमानथल विस्तारका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्छु ।
राहत कोष र व्यवसायी बीमालाई व्यवस्थित गर्छु । आगलागी जस्ता विपद्मा परेका व्यवसायीलाई राहतका कार्यक्रम सञ्चालन गर्छु । यो प्रदेशलाई पर्यटकीय हवका रुपमा विकास गर्न पहल गर्छु । जडिबुटी संकलन केन्द्रलाई तुरुन्तै सञ्चालन गर्छु । कर र भ्याटको समस्या झेल्दै आएका व्यवसायीको समस्या हल गर्न सहजीकरण गर्छु ।
साना व्यवसायीको पक्षमा के काम गर्नुहुन्छ ?
म निर्वाचित भएपछि उद्योग वाणिज्य संघमार्फत साना लगानीमा व्यवसाय सञ्चालन गर्दै आएका उद्योगीलाई उद्योगको व्यवस्थापन, कर र भ्याटका जस्ता व्यवसायिक ज्ञान सिकाउँछु । व्यवसायीयको सुखदुखमा साथ दिन्छु ।
यदी चुनाव जितेमा ६ महिनाभित्र के परिवर्तन गर्नुहुन्छ ?
जिल्लाका सबै व्यवसायीलाई संघमा आबद्ध गराउँछु । संस्थाको सचिवालयलाई सबैको साझा हुनेछ । हाल बन्द रहेको जडिबुटी संकलन केन्द्रलाई ६ महिनाभित्र सञ्चालनमा ल्याउन पहल गर्नेछु । सुर्खेत विमानस्थल विस्तारका लागि यो अवधिभित्र पहल प्रभावकारी पहल थाल्छु ।
सुर्खेतको समग्र आर्थिक विकास कसरी गर्न सकिएला ?
सुर्खेतको आर्थिक विकासका लागि ठूला उद्योग र कारखाना संचालन हुनु्पर्छ । औद्योगिक क्षेत्रको विकास भएपछि रोजगारी पनि सिर्जना हुन्छ । आर्थिक गतिविधिहरु बढ्छन् ।







