प्रादेशिक औद्योगिक क्षेत्र तत्काल स्थापनाका लागि पहल गर्नेछु

लक्ष्मण कँडेल
अध्यक्ष पदका उम्मेदवार

तपाइँको उम्मेदवारी किन ?
सुर्खेतमा सम्पूर्ण उद्योगी, व्यवसायीको हकहितमा काम गर्न, व्यवसायलाई आधुनिकरण गर्दै प्रतिस्पर्धात्मक बनाउन र संघलाई कर्णालीका दश वटै उद्योग वाणिज्य संघको नेतृत्व गर्न लायक बनाउन मेरो उम्मेदवारी हो ।

तपाइँका मुख्य एजेन्डा के हुन् ?
संघलाई प्र्रविधिमैत्री र व्यवस्थित बनाउँदै अनलाइनबाट सदस्यता लिन सक्ने प्रणालीको विकास गर्नेछु । सदस्यता अभिलेख र नविकरणलाई व्यवस्थित गर्नेछु ।

आर्थिक संकट झेलिरहेका व्यवसायीलाई बैंकको चर्काे ब्याजदर र मूल्यअभिबृद्ध करको मारमा परेका व्यवसायीका लागि पैरवी र सजहीकरण गर्नेछु । राहत कोषलाई बढाएर एक करोड पुरयाउने छु । रात्रीकालीन व्यवसाय सञ्चालन, वीरेन्द्रनगरलाई पर्यटकीय र औद्योगिक शहरका रुपमा विकास गर्न पहल गर्नेछु ।

साना व्यवसायीको पक्षमा के काम गर्नुहुन्छ ?
म निर्वाचित भएमा साना व्यवसायमा लगानीको वातावरण बनाउन बैकिङ् कर्जाका लागि सहजिकरण गर्नेछु । घरेलु तथा साना व्यवसायीले उत्पादन गरेको बस्तुको बजारीकरणका लागि पहिल गर्छु । उहाँहरुलाई व्यवसायीक तालिमको व्यवस्था गर्नेछु ।

यदी चुनाव जितेमा ६ महिनाभित्र के परिवर्तन गर्नुहुन्छ ?
म महासचिव हुँदा सुरुवात गरेको व्यवसायिक राहत कोषलाई ४२ लाखबाट बढाएर ६ महिनाभित्र ६० लाख पु¥याउने छु । तरलता अभावका कारण व्यवसायीले बैंकबाट ऋण पाउन सकेका छैनन् । निर्वाचन जितेको ६ महिनाभित्र सुर्खेतमा रहेका सम्पूर्ण बाणिज्य बैंकलाई निजी क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने छु ।

सुर्खेतको समग्र आर्थिक विकास कसरी गर्न सकिएला ?
सबैभन्दा पहिला औद्योगिक क्षेत्र स्थापना हुनु पर्दछ । सुर्खेतमा तत्काल प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्नेछु । अहिलेको विमानस्थललाई स्तरोन्नति गरेर ठूला जहाज अवतरण गराउनु पर्दछ । १३२ केभीए विद्युत प्रशारण लाइन विस्तार गर्नु पर्दछ ।

प्रादेशिक औद्योगिक क्षेत्र तत्काल स्थापनाका लागि पहल गर्नेछु

सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि पहल

प्रादेशिक औद्योगिक क्षेत्र तत्काल स्थापनाका लागि पहल गर्नेछु

प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिलालाई

Leave a comment

Your email address will not be published. Required fields are marked *