रुकुम पश्चिमको बाँफिकोट ६ दलले प्रतिस्पर्दा गर्दै

प्रचण्ड खत्री
रुकुम पश्चिम, २ बैशाख ।
बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र, नेपाली काँग्र्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपा नेपाल, एकीकृत समाजवादीले सहभागीता जनाउँदै छन् । आसन्न निर्बाचनको लागि उनीहरु पार्टीको केन्द्रिय सर्कुलर अनुसार घरदैलो कार्यक्रम र जनसभा र भेटघाटको कार्यक्रम गर्ने गरेको राजनीतिक दलहरुले बताउँछन ।
२०७३ को स्थानीय चुनावमा एकमुस्ट जितेको माओवादी केन्द्रले भन्ने आफुले जित्ने निश्चित जनाएको छ । नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्र बहादुर केसीले भने केही वडामा उम्मेदवारीको टुङ्गो लागेको केहि वडा र गाउँपलिकाको अध्यक्ष र उपाध्यक्षको टुङ्गो केही दिनमा लाग्ने बताएका छन् ।
गाउँपालिकामा तालमेल नहुने निश्चित भैसकेको छ । दलहरूले आफ्नो पक्षको जित सुनिश्चित भएको भन्दै तालमेल गर्न नमानेको माओवादी केन्द्र प्रदेश कमिटी सदस्य कलबहादुर नाथले बताए ।
छिनखेतमा बसेको बैठकले ताममेल हुन नसक्ने र यसको प्रभाव जनतालाई पर्ने भदै तालमेल कुनै बिकल्प नरहेको अर्का माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य धर्मबहादुर केसीको भनाई छ ।
२०७३ को स्थानीय तहको निर्बाचन माओवादी बाहेक अरु कुनै पनि दलले वडा सदस्य पनि नजितेको वडा हो । यसको प्रभाब सिङ्गो अधिराज्यलाई पर्न गएको थियो । कुनै पार्टीले वडा सदस्य नजित्दा यसको अर्को प्रभाब बिकास निर्माणको काम गर्नदेखि योजना बाँटफाँटमा समस्या नरहेको बाँफिकोट गाउँपालिका उपाध्यक्ष मनकला पुनले दाबी गरिन ।
२८ गत्ते मात्र नेपाली काँग्र्रेसले मात्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मात्र टुङ्गो लगाएको हो । पार्टी कार्यालय छिनखेतमा बसेको बैठकले अध्यक्ष गाउँपालिका पार्टी सभापति जनक कुमार बाठा र उपाध्यक्ष गाउँपालिका महिला संघकी सभापति नन्दा केसि नाथलाई सर्बसम्भत रुपमा शिफारिस गरेको बैठक नेपाली काँग्र्रेसका जिल्ला सदस्य गणेश कुमार चन्दले बताए ।
माओवादी केन्द्रले भने १० बर्ष जनयुद्ध चलेको हुँदा जनप्रतिनिधि छनौंटमा सकस भएको हो । जनप्रतिनिधिमा घाईते अपांग दलित महिलालाई समेट्नु पर्ने हुँदा छनोटमा समस्या भएको पार्टी सचिब हर्कु मल्लले जानकारि दिए । अबको केही दिनमा यसको टुङ्गो लाग्ने बताएको छ ।






